२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि

१२ असार २०८२, बिहीबार १४:०३
काठमाडौं ।  जिल्लाको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी साउन २४ देखि सुरु हुने भएको छ ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्दै आएको उक्त गोल्डकप प्रतियोगिता साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल खेलका साथ सम्पन्न हुने छ । समितिका सचिव टिकेन्द्र नेपालीले दिएको जानकारी अनुसार, प्रतियोगिताको तयारी अन्तर्गत खलमैदानमा प्याराफिट निर्माणका लागि पहल सुरु गरिएको छ ।
उक्त प्याराफिट निर्माणका लागि करिब तीन हजार बाँस आवश्यक पर्ने र बाँस बिक्री गर्न इच्छुक किसानलाई न्यूनतम मूल्यमा प्रस्ताव दिन आह्वानसमेत गरिसकेको छ । यससम्बन्धी सूचना मङ्गलबार सार्वजनिक गरिएको छ । यसैबीच, प्रतियोगिताको तयारीस्वरूप खेलमैदानमा दुबो रोप्ने कार्य पूरा भइसकेको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशिबारे छलफल जारी रहेको र छिट्टै निर्णय लिइने अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
प्रथम संस्करणमा रु तीन लाख, दोस्रोमा पाँच लाख नगद पुरस्कार प्रदान गरिएकोमा, यसपटक त्यो पुरस्कार राशि अझ बढ्ने सङ्केत देखिएको छ । कोषाध्यक्ष दावा शेर्पाका अनुसार, प्रतियोगिताबाट हुने आम्दानीको आधारमा पुरस्कार राशि वृद्धि गरिने तयारी भइरहेको छ । प्रतियोगितामा सहभागी हुने आमन्त्रित क्लबहरूको टुङ्क्रो पनि चाँडै लगाइने जनाइएको छ ।
खेलकुद र संस्कृतिको सङ्गमका रूपमा स्थापित ताप्लेजुङ गोल्डकप पहाडी क्षेत्रको बहुप्रतिक्षित प्रतियोगिता हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला