२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा

१९ असार २०८२, बिहीबार ११:५६

काठमाडौँ । मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर परिमहर्जन यादव र श्रीवांस बजगाइले ४५ बलमा ७५ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो। परिमहर्जन ५९ र श्रीवांस २३ रनमा नटआउट रहे। परिमहर्जनले ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर प्रसिद्ध जैसी २ रनमा क्याच आउट भए।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेङगर टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली ४३.१ ओभरमा ९० रनमा अलआउट भयो। मलेसियाका लागि मोहम्मद फाथुल मुइनले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। कप्तान डियाज पट्रोले १० रन थपे। अनय ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मलेसियालाई सस्तैमा रोक्न नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १५ रन खर्चे घातक बलिङ गरेका शुभम खनालले आफ्नो स्पेलमा ३ विकेट लिदा मात्र १२ रन खर्चेर ४ ओभर मेडन राखे।
विपिनप्रसाद शर्मा र सचिन भट्टले समान एक विकेट आफ्नो नाममा गरे। नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा अहिले हङकङ र सिगांपुर भिडिरहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला