२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई

१९ असार २०८२, बिहीबार १५:००
काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ । आज सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गरेको हो । उपाधिसँगै डडेल्धुराले रु दुई लाख पुरस्कार तथा कञ्चनपुरले रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।
  कैलालीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । उनानब्बे रनको विजयी लक्ष्य पछ्याउने क्रममा कञ्चनपुरको पारी नौ विकेट गुमाउँदै ८३ रनमा समेटियो ।
डडेल्धुराका लागि हीरा साउदले २४ रनको अविजित पारी खेलिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । बलिङतर्फ कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गङ्गा खड्काले एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । बलिङतर्फ मनिषा खत्री र हीरा साउदले २–२ तथा आशिका महरा, सञ्जु साउद र निशा खठायतले १–१ विकेट लिइन् ।
विजेता तथा उपविजेता खेलाडीलाई  सुदूरपश्चिम  प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्कालगायतले पुरस्कार वितरण गरे । प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार १२ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका  ८ जिल्ला सहभागी थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला