८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिभालाई युरोपमा प्रशिक्षणको मौका

२२ भाद्र २०७४, बिहीबार ११:०६

मुना कार्की। भदौ २२, काठमाडौँ। राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले नेदरल्याण्डमा प्रशिक्षण लिने मौका पाएकी छन् । 

नेदरल्यान्ड भलिबल सङ्घले तीन साताको प्रशिक्षणका लागि मालीलाई निमन्त्रणा पठाएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । 

गत महिना मात्र नेपाल भ्रमणमा आउनुभएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभालाई प्रशिक्षणका लागि निमन्त्रणा पठाउनुभएको हो । 

महासचिव चन्दले राष्ट्रिय खेल भएकाले व्यक्तिगत मात्र नभई भलिबल खेलको विकासका लागि उक्त प्रशिक्षणले सघाउ पुग्ने बताउनुभयो । उहाँका अनुसार माली त्यहाँ रहँदासम्मको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछ । 

काठमाडौँको नैकाप तीनथानाकी माली अहिले १६ वर्षकी भइन् । सानै उमेरमा भलिबल खेलमा चर्चा कमाउन उनी सफल भइन् । तेह्र वर्षको उमेरदेखि नै राष्ट्रिय टोलीबाट भलिबलमा डेब्यु गरेकी मालीले त्यसयता निरन्तर टोलीमा सहभागी छिन् । उनी राष्ट्रिय टोलीकी सबैभन्दा कान्छी खेलाडी समेत हुन् । 

न्यू डायमण्ड एकेडेमीकी उत्पादन मालीले नेदरल्यान्डमा व्यावसायिक प्रशिक्षण लिनेछिन् । उनले आगामी असोज ६ गतेदेखि २८ गतेसम्म प्रशिक्षण लिने कार्यक्रम तय भएको महासचिव चन्दले जानकारी दिनुभयो । 

राष्ट्रिय टोलीको सदस्य मालीले उक्त अवसर पाएकामा खुशी व्यक्त गर्दै प्रशिक्षणले भलिबल खेलको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सहास स्पोर्टस्की ब्राण्ड एम्बासडरसमेत रहेकी मालीलाई केही दिनअघि मात्र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो । 

त्यस्तै माली नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही भदौ २६ गते हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत उत्कृष्ट युवा खेलाडी विधाको मनोनयनमासमेत परेकी छन् । 

नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले माली प्रतिभावान् खेलाडी भएकै कारण उक्त प्रशिक्षणका लागि छनोट भएको बताउनुभयो । प्रतिभाले सबैभन्दा कम उमेरमा भलिबलमा उल्लेखनीय उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । “अझै १०÷१५ वर्षसम्म राष्ट्रिय टोलीबाट खेल्ने सम्भावना छ, नेदरल्याण्डको प्रशिक्षणबाट नेपालको समग्र भलिबललाई फाइदा पुग्नेछ,” मालीको खेलको प्रशंसा गर्दै प्रशिक्षक भट्टले भन्नुभयो । 

मालीको प्रशिक्षणले माहिला भलिबल खेलको विकासमा टेवा पुग्ने भन्दै उहाँले अन्य खेलाडीलाई समेत प्रेरणा मिल्ने बताउनुभयो । नेपालको भलिबल खेलमा सहयोग गर्ने विषयमा नेदरल्यान्ड भलिबल सङ्घ र नेपाल भलिबल सङ्घबीच गत महिना काठमाडौँ सम्झौता भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै