2026-08-20 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रशिक्षकले गर्दा महिला फुटबल टीमको प्रदर्शन भद्रगोल भयो – एन्फा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच द्वन्द्व चर्किएको छ । आज एक पत्रकार सम्मेलन गर्दै एन्फाले प्रशिक्षकाका कारण एसिया क्वालिफायर्समा भएको कप्तानीबारे भद्रगोल भएको बतायो ।

प्याट्रिकले हालै एक अन्तरवार्तामा एन्फाप्रति तीव्र असन्तुष्टि पोखेका थिए । एन्फाले खेलाडीलाई न्यूनतम सुविधा र पूर्वाधारसमेत नदिएको आरोप लगाउँदै आफू टिमबाट अलग हुने संकेत गरेका छन् । यसैको जवाफमा एन्फाले आज प्रेसमिट गरेको हो ।

एन्फाको तर्फबाट उज्वेकिस्तान गएको टोलीकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठले प्रष्टीकरण दिएकी थिइन् । उनले प्रमुख प्रशिक्षकले अन्तिम क्षणसम्म पनि कप्तानीबारे निर्णय नसुनाउँदा अन्योल भएको बताइन् ।

पत्रकार सम्मेलनमा महिला टिमकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मलेखुले कप्तानी परिवर्तनका विषयमा यस्तो भनाइ राखिन्:

‘हामीले टिमको विदाइ कार्यक्रममै क्याप्टेन घोषणा गरौं भनेका थियौं । हेड कोचले अहिले नगर्ने, अन द स्पोट गर्ने भन्नुभयो । हामी ओके भयौं । कुनै नाइनास्ती गरेनौं । लावस र नेपालको पहिलो म्याच थिया । हाम्रो रुल्स एन्ड रेगुलेसन्समा ९० मिनेट अगाडि नेम लिस्ट दिनुपर्छ । सुरुमा एफएलाई दिनुपथ्र्यो, त्यसपछि एएफसीमा जान्थ्यो । हामीले नपाएसम्म एफएलाई पनि दिन सक्ने स्थिति थिएन ।

हामी सबैजना बसेर मिटिङ गर्यौं । एफएबाट नाम मागेर फोन आयो । मैले नै इनिसियट लिएर हेड कोचलाई सोधेँ । उहाँले ९० मिनेटभन्दा अगाडि दिन सक्दिनँ भन्नुभयो । नत्र तिमीहरुले फ्ल्यास गर्छ भन्ने उहाँको कुरा थियो । यता एएफसीबाट म्याच कमिसनरले नेमलिस्ट चाहियो भनिरहेका थिए टाइम पनि मेन्सन गरेर । ९० मिनेटभन्दा ५ मिनेट अगाडि बल्ल हेडकोचले नेमलिस्ट दिनुभयो ।

त्यो पनि भिडिओमा देखाएर । स्टार्टिङ ११ भनेर भिडिओमा देखाउनुभएको थियो । त्यही फोटो खिचेर देउ भन्नुभयो । तर त्यसमा पनि क्याप्टेन मेन्सन थिएन । हामीले क्याप्टेन को हो भनेर सोध्यौं । उहाँले भन्नुभएन । नेमलिस्टमा ‘सी’ नलेखेसम्म स्वीकार हुँदैन । तर उहाँले दिनुभएन । नबोलि सुइसुइ जानुभयो र बस चढ्नुभयो ।

इन्ट्री हुने टाइममा म्याच कमिसनर कुरेर बस्नुभएको थियो ल्यापटप लिएर । नेम लिस्ट त थियो, तर कप्तान थिएन । त्यसपछि सबैभन्दा सिनियर रेनुका नगरकोटीको नाम हामीले कप्तान भनेर मेन्सन गर्यौं । मैले नै भनेँ । त्यसपछि बल्ल पास भयो । त्यतिबेलासम्म हामीलाई हेड कोचको मनसाय थाहा छैन । भित्र गइयो । कप्तानलाई आम ब्यान्ड लगाउने बेला भयो ।

‘प्रे’ गर्ने बेलामा मात्र बिन्दा म्यामले रेनुकालाई आर्मब्यान्ड लगाउन बोलाउनुभयो । तर कोचले उ होइन साम्बा हो कप्तान भन्नुभयो । यही कुरा पहिले नै भनेको भए प्रोब्लम नै हुन्थेन । तर त्यतिबेला हामीले कप्तानमा रेनुकाको नाम लेखाइसकेका थियांै । अर्कोलाई आर्मब्यान्ड लगाइदिँदा फाइन खानुपर्ला भन्ने भयो । यही विषयमा हेड कोचसँग विवाद भयो । उहाँ तर्किनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन्