८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

२८ भाद्र २०७४, बुधबार १०:०७

भदौ २८, काठमाडौँ। मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त ग¥यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित चार रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले एक विकेट लिए । 

भुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै २३ रन दिए । सन्दिप लामिछानेले चार विकेट लिए । उनले सात ओभरमा तीन मेडन राख्दै मात्र ७ रन खर्चे । ब्याटिङतर्फ भुटानका टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाए । 

नेपालले बिहीबार सिंगापुर विरुद्ध खेल्नेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन