२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोहलीलाइ कप्तानीबाट हटाउन २०१९ बाटै चलखेल चलिरहेको थियो: मोइन अली

२०८२, १५ श्रावण बुधबार १२:५४

काठमाडौँ : इंगल्याण्डका पूर्वक्रिकेटर मोइन अलीले आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)को कप्तानबाट विराट कोहलीलाई सन् २०१९ मै हटाउने तयारी भएको खुलासा गरेका छन् । भारतको स्पोर्ट्स तक च्यानलसँग कुरा गर्दै उनले तत्कालीन प्रशिक्षक गेरी कर्स्टनको कार्यकालमा पार्थिव पटेललाई कप्तान बनाउने निर्णय लगभग तयजस्तै भएको बताएका हुन्।

 

मोइन २०१९ देखि २०२० सम्म आरसीबीमा खेलेका थिए, त्यसपछि चेन्नई सुपर किङ्समा गएर उनले आफ्नो सबैभन्दा सफल समय बिताए।

विराट कोहलीले २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तानी गरेका थिए। उनले २०१६ मा टोलीलाई फाइनलसम्म पुर्‍याए पनि त्यसपछि प्रदर्शन निराशाजनक रह्यो—टोली २०१७ र २०१९ मा अन्तिम स्थानमा रह्यो भने २०१८ मा छैटौँ भयो। यही कारण कोहलीको कप्तानी आलोचनाको विषय बनेको थियो।

 

मोइनले भने, ‘पार्थिव पटेलको क्रिकेटिङ सोच उत्कृष्ट भएको भन्दै उनलाई कप्तान बनाउने तयारी भएको थियो, त्यतिबेला यही कुरा चलिरहेको थियो, तर किन त्यो निर्णय लागू भएन, मलाई थाहा छैन।’

२०२० को संस्करणमा आरसीबी प्लेअफमा पुग्न सफल भयो। २०२१ मा कोहलीले कप्तानीबाट राजीनामा दिए र त्यसपछि फाफ डु प्लेसिस कप्तान बने। २०२५ मा भने राजत पाटिदारको कप्तानीमा आरसीबीले पहिलो पटक आईपीएल उपाधि जित्यो, जसमा कोहलीले १५ खेलमा ६५७ रन बनाउँदै ठूलो योगदान दिए।

पार्थिव पटेलले भने २०१९ पछि आईपीएल खेलेनन् र पछि सन्यास लिए। उनी अहिले गुजरात टाइटन्सको मेंटरका रूपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ