२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोहलीलाइ कप्तानीबाट हटाउन २०१९ बाटै चलखेल चलिरहेको थियो: मोइन अली

१५ श्रावण २०८२, बुधबार १२:५४

काठमाडौँ : इंगल्याण्डका पूर्वक्रिकेटर मोइन अलीले आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)को कप्तानबाट विराट कोहलीलाई सन् २०१९ मै हटाउने तयारी भएको खुलासा गरेका छन् । भारतको स्पोर्ट्स तक च्यानलसँग कुरा गर्दै उनले तत्कालीन प्रशिक्षक गेरी कर्स्टनको कार्यकालमा पार्थिव पटेललाई कप्तान बनाउने निर्णय लगभग तयजस्तै भएको बताएका हुन्।

 

मोइन २०१९ देखि २०२० सम्म आरसीबीमा खेलेका थिए, त्यसपछि चेन्नई सुपर किङ्समा गएर उनले आफ्नो सबैभन्दा सफल समय बिताए।

विराट कोहलीले २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तानी गरेका थिए। उनले २०१६ मा टोलीलाई फाइनलसम्म पुर्‍याए पनि त्यसपछि प्रदर्शन निराशाजनक रह्यो—टोली २०१७ र २०१९ मा अन्तिम स्थानमा रह्यो भने २०१८ मा छैटौँ भयो। यही कारण कोहलीको कप्तानी आलोचनाको विषय बनेको थियो।

 

मोइनले भने, ‘पार्थिव पटेलको क्रिकेटिङ सोच उत्कृष्ट भएको भन्दै उनलाई कप्तान बनाउने तयारी भएको थियो, त्यतिबेला यही कुरा चलिरहेको थियो, तर किन त्यो निर्णय लागू भएन, मलाई थाहा छैन।’

२०२० को संस्करणमा आरसीबी प्लेअफमा पुग्न सफल भयो। २०२१ मा कोहलीले कप्तानीबाट राजीनामा दिए र त्यसपछि फाफ डु प्लेसिस कप्तान बने। २०२५ मा भने राजत पाटिदारको कप्तानीमा आरसीबीले पहिलो पटक आईपीएल उपाधि जित्यो, जसमा कोहलीले १५ खेलमा ६५७ रन बनाउँदै ठूलो योगदान दिए।

पार्थिव पटेलले भने २०१९ पछि आईपीएल खेलेनन् र पछि सन्यास लिए। उनी अहिले गुजरात टाइटन्सको मेंटरका रूपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला