२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा वरीयतामा नेपाल महिला टोलीको ऐतिहासिक छलाङ,अहिलेसम्मकै उच्च वरीयतामा

२०८२, २३ श्रावण बिहीबार १४:४०

काठमाडौँ | फिफा वरीयतामा महिला टोलीको छलाङ मारेको छ। विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लेको हो। नेपाल यसअघि १ सय स्थानमा रहेको थियो।

नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। नेपालले एएफसी छनोटमा लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो।

दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३-३ को बराबरी गरेको थियो। टाइब्रेकरमा ४-२ ले पराजित हुन पुगेको थियो।

 

दक्षिण एसियाको भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १ सय ४ स्थानमा उक्लेको छ।पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ र श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ।

भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लेको छ। फिफा वरीयताको शीर्ष स्थानमा स्पेन छ। एक स्थान तल झरेको अमेरिका दोस्रो र तीन स्थान सुधार गरेको स्वीडेन तेस्रो स्थानमा उक्लेको छ। एक स्थान सुधार गरेको इङल्यान्ड चौथो स्थानमा छ।

दुई स्थान तल झर्दै जर्मनी पाचौँ स्थानमा झरेको छ। चार स्थान सुधार गरेको फ्रान्स छैटौँ र तीन स्थान झरेको ब्राजिल सातौँ स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण