३० कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा वरीयतामा नेपाल महिला टोलीको ऐतिहासिक छलाङ,अहिलेसम्मकै उच्च वरीयतामा

२३ श्रावण २०८२, बिहीबार १४:४०

काठमाडौँ | फिफा वरीयतामा महिला टोलीको छलाङ मारेको छ। विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लेको हो। नेपाल यसअघि १ सय स्थानमा रहेको थियो।

नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। नेपालले एएफसी छनोटमा लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो।

दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३-३ को बराबरी गरेको थियो। टाइब्रेकरमा ४-२ ले पराजित हुन पुगेको थियो।

 

दक्षिण एसियाको भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १ सय ४ स्थानमा उक्लेको छ।पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ र श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ।

भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लेको छ। फिफा वरीयताको शीर्ष स्थानमा स्पेन छ। एक स्थान तल झरेको अमेरिका दोस्रो र तीन स्थान सुधार गरेको स्वीडेन तेस्रो स्थानमा उक्लेको छ। एक स्थान सुधार गरेको इङल्यान्ड चौथो स्थानमा छ।

दुई स्थान तल झर्दै जर्मनी पाचौँ स्थानमा झरेको छ। चार स्थान सुधार गरेको फ्रान्स छैटौँ र तीन स्थान झरेको ब्राजिल सातौँ स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ? पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल एनपिएलको तयारी पूरा गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो लडेर बालिकाको मृत्यु भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ सञ्चारमन्त्री खरेल भन्नुहुन्छ : ‘निर्वाचनको वातावरण बनिसकेको छ’ विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार