असोज १, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ एसिया कप छनोटको उपाधि नेपाललाई, यू-१९ एसिया कपमा प्रवेश

१ आश्विन २०७४, आईतवार ०५:२१

असोज १, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ । मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । सेमिफाइनलमा अर्धशतक प्रहार गरेका ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रनमात्र बनाउन सके ।

तेस्रो नम्बरका ब्याट्सम्यान अनिल कुमार साहले १६ रन नेपालको खातामा जोडे । प्रनित थापामगरले अविजित १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसका हरप्रित सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३/३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्ऽ सिंह ऐरीले १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता