२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाललाई पाकिस्तान शाहीन्सले दियो १४५ रनको लक्ष्य

२०८२, ६ भाद्र शुक्रबार १७:१५

काठमाडौँ | अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृखंलामा नेपालले पाकिस्तान साहिन्सबाट १४५ रनको लक्ष्य पाएको छ । शुक्रबार डार्विनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४४ रन बनाएको हो ।

पाकिस्तानका निम्ति अविजित रहेका कप्तान इर्फान खानले ४२ रन बनाए । इर्फानले २६ बलमा तीन चौका एक छक्का प्रहार गरे । अब्दुल समदले २६ रन बनाए । महोम्मद वासिनले समान २३ रन बनाए । यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । सोमपालले चार ओभरमा ३० रन खर्चिए । नन्दन यादव, दिपेन्द्र सिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।

प्रतियोगितामा आज नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले यसअघिका पाँचमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो । पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगाड्र्सलाई ३३ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता