२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।
२०८२, १२ आश्विन आईतवार ०७:४१

काठमाडौं । नेपालले शनिबार राति भएको वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकाल्न सफल भयो । वेस्ट इन्डिजविरुद्ध १४९ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले १९ रनको जित निकाल्दै आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) राष्ट्रविरुद्ध पहिलो जित निकालेरे इतिहास रचेको हो ।

नेपालको ऐतिहासिक जितका लागि कप्तान रोहित पौडेलको प्रदर्शन शानदार रह्यो । उनी प्लेयर अफ दि म्याच घोषित भए । त्यस्तै अर्का खेलाडी कुशल भुर्तेलको पर्दर्शन समेत प्रसंशनीय रह्यो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेदेखि यस खेलअघिसम्म नेपाली क्रिकेट टोलीले टी-२०आई अन्तर्राष्ट्रियमा १०३ खेल खेलेको थियो । १०४औं खेलमा नेपालले अन्तत: आईसीसीको फूल मेम्बरलाई हराउन सफल भयो ।

नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।

नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो । तर सनिबार भएको खेलमा वेस्ट इन्डिजलाई पराजित गरेर नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

पछिल्लोपटक सन् २०२४ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल केवल १ रनले पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो ।

सनिबारको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । कप्तान रोहित पौडेलले उक्त टस हारे पनि राम्रो भएको उल्लेख गरेका थिए । किनभने उनी टस जितेपछि पहिले ब्याटिङ रोज्न चाहन्थे ।

यसकारण खेलमा अर्ली एडभान्टेज भने नेपालले पाइसकेको थियो । शारजाहमा पछिल्लो समय सबै खेल पहिले ब्याटिङ गर्ने टोलीले जितिरहेका थिए । त्यसकारण राम्रो स्कोर खडा गर्न सके नेपालले कसिलो बलिङमा खेल जित्ने सम्भावना त थियो नै ।

नेपालले ब्याटिङमा सुरुवात राम्रो गर्न नसकेपनि कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । नेपालले २० ओभरमा १४८ रन बनायो । उक्त योगफल मैदानको औसतभन्दा कम भएपनि डिफेन्ड गर्न पुग्दो थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजलाई नेपालले सुरुवातदेखि नै दबाबमा राख्यो । कुशल भुर्तेलले शानदार रनआउट गर्दै पावर हिटिङ ब्याटर काइल मेयर्सलाई पेभेलियनको बाटो देखाए । त्यसपछि पनि नेपालले नियमित अन्तरालमा विकेट लिइराखेको थियो ।

दीपेन्द्रको उत्कृष्ट फिल्डिङमा अर्को एक रनआउटमार्फत किएसी कार्टी आउट भएका थिए भने सन्दीप जोराले पनि बाउन्ड्री नजिकै राम्रो क्याच लिए । यसबाहेक सिङ्गल डबल रोक्न पनि खेलाडीहरूको फिल्डिङ जोशिलो थियो ।

अनुभवी अलराउण्डर जेसन होल्डर सस्तैमा आउट हुँदा वेस्ट इन्डिज ७६-६ को खराब अवस्थामा पुगिसकेको थियो । त्यसपछि फाबियन एलेन र कप्तान अकिल होसेन मिलेर केही ठुला शटहरू खेलेपछि खेल फेरि रोमाञ्चक अवस्थामा पुगेको थियो ।

अन्तिम २ ओभरमा ३० रन आवश्यक रहँदा करण केसी बलिङमा आए । उनको ओभरमा कप्तान होसेन आउट भएपछि नेपालले खेलमा फेरि मोमेन्टम प्राप्त गर्‍यो । उक्त ओभरमा करणले २ रन मात्र दिए ।

अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा बलिङमा दीपेन्द्रसिंह ऐरी आए । तर रन धेरै बाँकी रहेको हुँदा दुई लिगल बलले मात्र पनि नेपालको जित सुनिश्चित भइसक्ने थियो । फाबियन एलेनले २ चौका मात्र प्रहार गरे । नेपाल १९ रनले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी