असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रथम दूधे गोल्ड कप: एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

७ आश्विन २०७४, शनिबार १३:४६


असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

एपीएफले २–१ को गोल अन्तरले रुपन्देहीलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको ३६ औं मिनेटमा एपीएफका लागि युवराज खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । श्याम नेपालीको क्रस पासलाई सदुपयोग गर्दै खड्काले बललाई जाली चुमाएका थिए । मध्यान्तरअघि एक गोलको अग्रता लिएको एपीएफले मध्यान्तरपछि पनि रुपन्देहीविरुद्ध दबाब कायमै राख्यो । 

दोस्रो हाफको १६ औं मिनेटमा खड्काले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको २३ औं मिनेटमा रुपेन्देहीका विदेशी खेलाडी जुलिडले सान्त्वना गोल फर्काए । खेल मैदानको मध्य भागबाट प्रहार गरेको फ्रि–किक गोल रक्षक राज नगरकोटीको हातबाट फुत्किएपछि गोल भएको हो ।

खेलको २२ औं मिनेटमा एपीएफका हरि कार्कीले खाली पोष्टमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो । ३१ औं मिनेटमा युवराज खड्काले गरेको प्रहार रुपन्देहीका गोल रक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरेका थिए । ३३ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा जुनिडले गोल गर्ने उत्कृष्ट अवसर खेर फाले ।

खेल अवधिभर रेफ्री प्रकाशनाथ श्रेष्ठले रुपन्देहीका २ र एपीएफका १ जना खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए । खेलमा दुई गोल गरेका एपीएफका युवराज खड्का खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए ।  

सेमिफाइनल समिकरण अन्तरगत आइतबार हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड, काठमाडौं र मोरङ–११ बीच ष्पर्धा हुँदैछ । शनिबार जितेर सेमिफाइनमा पुगेको एपीएफको हिमालयन शेर्पासँग सोमबार प्रतिष्पर्धा हुने खेल आयोजक समितिका आर्थिक विभाग प्रमुख यामनाथ काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता