असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफा"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रथम दूधे गोल्ड कप: एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

२०७४, ७ आश्विन शनिबार १३:४६


असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

एपीएफले २–१ को गोल अन्तरले रुपन्देहीलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको ३६ औं मिनेटमा एपीएफका लागि युवराज खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । श्याम नेपालीको क्रस पासलाई सदुपयोग गर्दै खड्काले बललाई जाली चुमाएका थिए । मध्यान्तरअघि एक गोलको अग्रता लिएको एपीएफले मध्यान्तरपछि पनि रुपन्देहीविरुद्ध दबाब कायमै राख्यो । 

दोस्रो हाफको १६ औं मिनेटमा खड्काले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको २३ औं मिनेटमा रुपेन्देहीका विदेशी खेलाडी जुलिडले सान्त्वना गोल फर्काए । खेल मैदानको मध्य भागबाट प्रहार गरेको फ्रि–किक गोल रक्षक राज नगरकोटीको हातबाट फुत्किएपछि गोल भएको हो ।

खेलको २२ औं मिनेटमा एपीएफका हरि कार्कीले खाली पोष्टमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो । ३१ औं मिनेटमा युवराज खड्काले गरेको प्रहार रुपन्देहीका गोल रक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरेका थिए । ३३ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा जुनिडले गोल गर्ने उत्कृष्ट अवसर खेर फाले ।

खेल अवधिभर रेफ्री प्रकाशनाथ श्रेष्ठले रुपन्देहीका २ र एपीएफका १ जना खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए । खेलमा दुई गोल गरेका एपीएफका युवराज खड्का खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए ।  

सेमिफाइनल समिकरण अन्तरगत आइतबार हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड, काठमाडौं र मोरङ–११ बीच ष्पर्धा हुँदैछ । शनिबार जितेर सेमिफाइनमा पुगेको एपीएफको हिमालयन शेर्पासँग सोमबार प्रतिष्पर्धा हुने खेल आयोजक समितिका आर्थिक विभाग प्रमुख यामनाथ काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना