चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोट सम्मको १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोट सम्मको १"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिगलिगे दौडको उपाधि नेपाली सेनाका रानाभाटलाई

२०७४, ९ आश्विन सोमबार ०८:५८

मनोज पराजुली/असोज ९, काठमाडौँ । आठौँ लिगलिगे दौडको उपाधि नेपाल आर्मीका खगेन्द्र बहादुर भाटले जितेका छन् । 


चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोट सम्मको १३.८ किलोमिटरको दुरी १ घण्टा २ मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधि हात पारेका हुन् । निर्धारित दूरी एक घण्टा ३ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत दोस्रो भएका छन् । एक घण्टा ५ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै कृष्ण बस्नेत तेस्रो भएका हुन् ।

प्रतियोगीताको उपाधि बिजेता रानाभाटलाई श्रीपेच र पगरीको साथमा नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३० हजार र २५ हजार पुरस्कार पाएका छन् । 

यस्तै चौँथो भएका नरेश बुढाले नगद १० हजार १ सय ५,पाचौँ भएका सुमन पुलिङ्गले नगद ५ हजार ५,छैँटौँ भएका अमिर सिंहले नगद ४ हजार ४,सातौँ भएका सन्दिप बि.कले नगद ३ हजार ३ र आठौँ स्थानमा रहेका धर्म महर्जनले  २ हजार २ नगद सहित प्रमाणपत्र हात पारे । प्रतियोगीतामा एक सय ३ जनाको सहभागिता रहेको थियो ।

महिला खुल्लातर्फ बडडाँडादेखि लिगलिगकोट सम्मको पाँच किलोमिटर दुरीको दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छन् । उनले ३९ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । 

त्यस्तै ४२ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सानुमाया कार्की दोस्रो र ४८ मिनेट २८ सेकेण्डमा निर्धा्रित दूरी पार गर्दै मिरा श्रेष्ठ तेस्रो भएकी छिन् । उनीहरुले क्रमश १५ हजार, दश हजार र पाँच हजार नगद पुरस्कार पाएका छन् । 

स्थानीय तर्फको दौड प्रतियोगितामा अमिर सिंह पहिलो भएका छन् । उनले निर्धारित दूरी एक घण्टा १० मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । निर्धारित दूरी एक घण्टा १४ मिनेट ३७ सेकेण्डमा पार गर्दै सूर्यबहादुर बिक दोस्रो र एक घण्टा १५ मिनेट ५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै राजन नेपाली तेस्रो भएका हुन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, दश हजार र पाँच हजार नगद पुरस्कार पाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि खेलकुद मन्त्री राजन केशीले परम्परा जोगाउनका लागि गरिएको दौड प्रतियोगिताले लिगलिगकोटको विकासमा टेवा पुग्ने बताए । पूरानो परम्परालाई जोगाउन र लिगलिगकोटको विकासका लागि दौडको आयोजना गरिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर राना मगरले बताए ।

लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि विगत २०६७ सालदेखि लिगलिगे दौडको आयोजना गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना