९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य

९ माघ २०८२, बिहीबार ११:०७

काठमाडौँ | आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह बीअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको हो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडीले सर्वाधिक ४९ रन बनाइन्। उनले ४७ बलमा ७ चौका प्रहार गरिन्। उनले तेस्रो विकेटका लागि कालिससँग ७९ रनको साझेदारी गर्दै टिमको स्कोर अगाडी बढाएकी थिइन्। ओपनरद्वय सहजै पेभेलियन फर्किदा कप्तान लीडीले क्रिज सम्हालेकी थिइन्। स्टेअर कालिस ३० रन बनाउँदै रिया शर्माको बलमा बोल्ड भइन्। ओपनर हिएथर सिर्गसले १३ रन बनाइन। अर्की ओपनर फिबी मोल्खेन्बोर डकआउट भइन्। फेड्रिक ओभरडिज्क ५ रनमा एलबीडब्ल्यू हुँदै पेभेलियन फर्किएन् । रोबिन रिज्के १९ र इरिस विलिङ १४ रनमा अविजित रहे।

नेपालका लागि बलिङ तर्फ रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन्। सुमन विष्ट, पुजा महतो र रिया शर्माले १–१ विकेट लिइन्। नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो।

नेदरल्यान्ड्सले भने हालसम्म २ खेलमा २ जित दर्ता गर्दै अपराजित रहेको छ। नेदरल्यान्ड्सले जिम्बावे र स्कटल्यान्डलाई पराजित गरेको थियो। नेदरल्यान्ड्सले पहिलो खेलमा जिम्बावेलाई २२ रन र स्कटल्यान्डलार्य ७ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता