2026-10-02 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य

काठमाडौँ | आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह बीअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको हो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडीले सर्वाधिक ४९ रन बनाइन्। उनले ४७ बलमा ७ चौका प्रहार गरिन्। उनले तेस्रो विकेटका लागि कालिससँग ७९ रनको साझेदारी गर्दै टिमको स्कोर अगाडी बढाएकी थिइन्। ओपनरद्वय सहजै पेभेलियन फर्किदा कप्तान लीडीले क्रिज सम्हालेकी थिइन्। स्टेअर कालिस ३० रन बनाउँदै रिया शर्माको बलमा बोल्ड भइन्। ओपनर हिएथर सिर्गसले १३ रन बनाइन। अर्की ओपनर फिबी मोल्खेन्बोर डकआउट भइन्। फेड्रिक ओभरडिज्क ५ रनमा एलबीडब्ल्यू हुँदै पेभेलियन फर्किएन् । रोबिन रिज्के १९ र इरिस विलिङ १४ रनमा अविजित रहे।

नेपालका लागि बलिङ तर्फ रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन्। सुमन विष्ट, पुजा महतो र रिया शर्माले १–१ विकेट लिइन्। नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो।

नेदरल्यान्ड्सले भने हालसम्म २ खेलमा २ जित दर्ता गर्दै अपराजित रहेको छ। नेदरल्यान्ड्सले जिम्बावे र स्कटल्यान्डलाई पराजित गरेको थियो। नेदरल्यान्ड्सले पहिलो खेलमा जिम्बावेलाई २२ रन र स्कटल्यान्डलार्य ७ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता