२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलका लागि २३ देश छनोट, विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिए (सुची सहित)

२०७४, २६ आश्विन बिहीबार ०३:१२

असोज २६, काठमाडौँ | आगामी बर्ष २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म २३ देश छनोटमा परेका छन् भने यसअघि विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिएका छन् । 

युरोपबाट १० राष्ट्र 

अब हुने विश्वकप फुटबल खेलका लागि आयोजक राष्ट्र रुस सहित युरोपका १० राष्ट्र सहभागी हुने पक्का भएको छ । युरोपबाट आयोजक राष्ट्र रुस, जर्मनी, बेल्जियम, इंग्ल्याण्ड, स्पेन, फ्रान्स, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल र सर्विया रहेका छन् । 

दक्षिण अमेरिकाबाट ४ राष्ट्र 

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म दक्षिण अमेरिकाका ४ राष्ट्रले आफ्नो स्थान सुरुक्षित गरेका छन् जसमा ब्राजिल, अर्जेन्टिना, कोलम्बो र उरुग्वे रहेका छन् । 

अफ्रिकाबाट २ देश छानिए 

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म अफ्रिकाबाट २ राष्ट्र छनोट भएका छन् जसमा नाइजेरिया र इजिप्ट रहेका छन्  ।  

पानामा पहिलो पटक विश्वकपमा 

विश्वकप फुटबल २०१८ का लागि अहिलेसम्म कन्काकाफबाट ३ राष्ट्र छनोट भएका छन् जसमा मेक्सिको, कोस्टारिका र पानामा रहेका छन् । यी तीन देश मध्ये पानामाले पहिलो पटक विश्वकपको यात्रा तय गरेको छ  । छनोट खेलमा पानामा विश्वकप २०१८ मा छानिएको हो  । छनोटको अन्य खेलमा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका बाहिरिएको हो । पानामाले छनोट भइसकेको कोस्टारिकालाई २–१ ले पराजित गर्दा शीर्ष स्थानको मेक्सिको होन्डुरससँग ३–२ ले पराजित भएको थियो । यस नतिजापछी पानामा तेस्रो स्थान कब्जा गर्दै स्वतः छनोट भएको हो । 

एसियाबाट ४ देश छानिए 

एसियाबाट विश्वकप २०१८ का लागि ४ देश छनोट भएका छन् । एसियाका इरान, जापान, साउदी अरेविया र दक्षिण कोरिया विश्वकपमा छनोट भएका हुन् । 

कुन-कुन देश बाहिरिए ?

त्यस्तै विश्वकपमा छनोट नभएका राष्ट्रहरुमा नेदरल्यान्ड्स, वेल्स, चिली, अमेरिका, घाना, चीन र इराक रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना