2026-10-20 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौँ | आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालको सुरूवात सोचे जस्तो हुन सकेन। इटालीको स्पिन बलिङमा फस्दा नेपालले १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोड्न सके। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा अली हसनको बलमा जस्टिन मोस्काबाट कभरमा क्याच भए। त्यसअघि उनले पहिलो ओभरमा कुनै पनि रन जोड्न सकेका थिएनन्। नेपालले पहिलो ओभरमा वाइडबाट मात्र रन लिएको थियो। दोस्रो ओभरको पाँचौ बलमा हसनलाई चौका प्रहार गरे लगत्तै भुर्तेल आउट भए। त्यतिबेला नेपालले मात्र ८ रन जोडेको थियो। त्यसपछि रोहित पौडेल ब्याटिङमा आएर नेपालको इनिङलाई गति दिए। जसका कारण नेपालले ६ ओभरको पावरप्लेमा एक विकेटको क्षतिमा ४६ रन जोड्यो।

सातौं ओभरको अन्तिम बलमा रोहित लङअनमा समातिए। १४ बल खेलेर २ चौका प्रहार गर्दै २३ रन जोडेका रोहितलाई क्रिशन कलुगामागेलाई पेभिलियनको बाटो देखाए। लगत्तै अर्को ओभरमा नेपालले आसिफ शेखलाई पनि गुमायो। आसिफले स्टम पिन हुनुअघि २० रन जोड्न सके। उनले २० बलमा २ चौका प्रहार गर्न सके। रोहित आउट हुँदा ४९ रन जोडेको नेपालले आसिफ आउट हुनुन्जेल कुनै रन जोड्न सकेनन्। सुरुवातमा तीन विकेट गुमाएपछि केही दबाबमा परेको नेपाल १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रनको स्थितिमा रह्यो। त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले नेपालको इनिङलाई गति दिए।

दीपेन्द्रले आरिफसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे। कुनै चौका छक्का प्रहार गर्न नसकेका दीपेन्द्रले १४औं ओभरमा कलुगामागेबाट बोल्ड हुनुअघि १८ बलमा १७ रन जोड्न सके। इंग्ल्यान्डविरूद्धको अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका लोकेश बम आज भने चल्न सकेन। उनी ३ रनमै आउट हुनु पुगे। उनलाई बेन मानेन्टीले बाउन्ड्रीमा क्याच गराएका थिए। यससँगै नेपालले १५ ओभर सकिदा ९७ रन जोड्यो भने आफ्ना महत्वपूर्ण पाँच विकेट गुमायो। नेपालको विकेट जाने क्रम रोकिन सकेन। १६औं ओभरमा आरिफ शेख पनि बाउन्ड्रीमा क्याच हुन पुगे। जेजे स्मट्सको बलमा क्याच हुनुअघि आरिफले २७ रन जोडे। उनले २४ बल खेलेर ३ चौका प्रहार गर्न सके। अर्को ओभरमा गुल्सन झा आउट भए। उनलाई कलुगामागेले ३ रनमा क्याच गराए। यहि ओभरको एक बलपछि नन्दन यादव शून्यमा रनआउट भए। ‍यसरी नेपालले पाँच बलमा तीन विकेट गुमायो भने निकै दबाबपूर्ण अवस्थामा रह्यो।

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने पाँच रनमा क्याच आउट भए। यस्तै तेस्रो बलमा ललित राजवंशी शून्यमा अलआउट भए। करण केसी ११ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १८ रन जोडे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ