२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा अन्तराष्ट्रिय खेल मैदान निर्माणका लागि, आहा ! भाईचारा (फोटो फिचर)

२०७४, २९ आश्विन आईतवार ०७:२३

चिसाङ शेर्पा | असोज २९, खोटाङ | शनिवारका दिन खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङको साविक वडा नं. ११ रामप्रसाद राईको घरमा विहान एघार वजेदेखी छिमेकीहरु एकादुई गर्दै भेला हुदैं थियो । ‘गाउँको विहेमा पुगेका समेत अलिक कामको चटारो भएझै विहे घरवाट विदा माग्दै रामप्रसादको घरमा आउँन थाले, विहेमा नगएका केही घरमुलीहरु हत्तपत्त घरायसी काम सकेर कोही उकालो, कोही ओरालो वाटो छिचोल्दै त्यही घरमा जम्मा हुदैं थिए । एक–अर्कालाई स्वागत गर्ने शिलशिला चलिरहेको थिए ।

मानिसहरुको जमघट बाक्लिदै गयो, घरको वातावरणमा केही फरकपन देखिन शुरु भयो । क्षणभरमै मानिसको भिड ह्वात्तै बढ्यो, केही छिनमा घरको पुर्वी साईड आँगन नजिक घरको पेटीमा राखिएको शिर छेदन गरि बनाईएको सिङगो खशी, एक घरी केरा, डालोभरी सेलरोटी, ६ वटा जम्बो कोकका वोतल, मारेर वनाईएको सिङगो वंगुर, साना दुई कठुवा रक्सी, सेलरोटी अनि एक दर्जन कोकका वोतल आँगनमा दुुई भागमा राखियो । केही क्षणमा उपस्थित मानिसहरु अचम्मित हुंदै नजिकिन थाले ।

भिडवाट खस आर्य जातीका पुष्पलाल आचार्य र मंगोल जाती (किराँत पासुङ) सम्फराज राई नजिकै आएर राखिएको कोशेलीको तुना फुकाई दिदैं भने, लु…लु..लु अव कुरा अगाडी बढाउँनुहोस, कुनै घरमा विवाहका लागि दुलही मागेझै लाग्ने त्यो दृश्य थियो ‘लफ्याङमा अन्तराष्ट्रिय स्तरको खेलकुद मैदान निर्माणका लागि अनौपचारिक रुपमा जग्गा दिने कबुल गरेका जग्गादाताहरुको शिर उभ्याउनी ।’ 


अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खेल मैदान निर्माणका लागि लफ्याङ ५ साविक वडा नं. ११ मा गरिएको मौलिक परम्परा, परिवारको सल्लाह विपरित छोरी विवाह गरी लाँदा लिने गरिएको जस्तोे देखिन कोशेलीका दृश्यहरु शनिवार लफ्याङमा खेलकुद मैदान निर्माणका लागि जग्गाधनीहरुलाई सामाजिक संस्कार अनुसार तयार गरिएको कोशेली का राई तथा खश आर्य जातीहरुका लागि थियो । 

सदरमुकाम दिक्क्तेलवाट नजिकको वडा लफ्याङमा रहेका पुराना तथा साना खेल मैदान मापदण्ड अनुशार नभएका तथा खाशमा प्रभावकारी नहुंदा ‘अन्र्तराष्ट्रिय मापदण्ड स्तर’को नयाँ खेल मैदान बनाउँन जग्गा धनीहरुसँग औपचारिक कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रममा विकासजस्ता स्वागत योग्य कामलाई प्रोत्साहन गर्न त्यहाँका स्थानिय १० जना जग्गादाताहरुले निशुल्क तथा स–शुल्क खेल मैदान निर्माणका लागि जमिनदान गर्ने बताएका छन् । राजनस्वर राई, राम प्रसाद राई, खड्कराज राई, शिव प्रसाद राई (कुमारी राई) त्रिलोक राई, कल्पना राई, धन्जु राई, रामजय राई, पुर्णजय राई, डिल्लीराम आचार्यले खेल मैदानका निम्ति भुमिदान गर्ने प्रतिबद्धता जनाएका छन् । प्रस्तावित खेलकुद मैदानमा सबैभन्दा धेरै रामप्रसाद राईको जग्गा रहेको छ । उनले आधा जमिन खेल मैदानलाई दिने समेत बताए छन् । जग्गादाता तथा खेलकुद मैदानका लागि जग्गादिने कवुल गरेका स्थानियलाई खादा तथा किराँत संस्कार  अनुसार फेटा लगाई सम्मान गरिएको थियो ।   


‘रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङको साविक वडा नं. ११ माँझगाउँमा खेल मैदानका लागि भौगोलक, प्राकृतिक रुपमा उपर्युक्त जमिन रहेको पाईएकाले खेल मैदान निर्माण गर्न जग्गाको लागि कसरत शुरु गरिएको हो ।’ नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताए । राईले भने ‘कार्यक्रमको मार्फतवाट १५ रोपनी जग्गा निशुल्क प्राप्त भईसकेको छ । खेल मैदान निर्माण भए लफ्याङसहित आसपासका खेलाडीहरु लाभान्वित हुनेछन् ।’

लफ्याङ खेल मैदान व्यवस्थापन समितिका अध्यक्ष गिरीराज राईका अनुसार ‘मानविय दृष्टिका हिसावले खेलकुद आधारभुत आवाश्यकता हो भन्ने सवैले बुझेका छन् । त्यसका लागि खेल मैदान आवाश्यक छ । १९ सदस्य खेल मैदान व्यवस्थापन समितिले चाडै दोश्रो चरणमा जग्गाको प्रकृति हेरी महत्वपुर्ण निर्णय गर्नेछौ । 

आदिवासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले ‘विकासका लागि लफ्याङवासीको एकता, भाईचाराको सम्बन्ध उदाहरणिय रहेको भन्दै अभियानमा  आफ्नो तथा महासंघको तर्फवाट सहयोग निरन्तर रहने भनेका छन् । 


गत जेठ २७ गते लफ्याङस्थित मेघे चौतारामा भएको ‘हाम्रो नेता, हाम्रै जनता, हाम्रो समस्या, हामीले गर्ने विकास’ नामक ‘साझा सवाल’ अन्तरक्रियामा खेलकुद मैदान स्थानिय चुनाव हारे या जिते पनि अनिवार्य वनाउँने भाषण गरेका स्थानिय जनप्रतिनिधि तथा लफ्याङका निर्वाचित वडाध्यक्ष नै अनुपस्थिती रहेकोमा स्थानियले खेद प्रकट गरेका छन् । हाल निर्माणाधिन खेल मैदान निर्माणमा पराजित प्रतिनिधिले सहयोग गरिरहेका छन् भने, जित हाँसिल गरेका प्रतिनिधिहरु विकास विरोधी तथा पन्छिन खोजेका कार्यक्रमका सहभागीहरुले उद्घोष गरेका छन् । जनप्रतिनिधिहरुलाई फोन तथा पत्रचार नै गरिए पनि उपस्थिती शुन्य रहेकोमा त्यसलाई खेलकुद व्यवस्थापन समितिले नराम्रोको संज्ञा भनेका छन् ।


खेलकुद सम्वन्धित निकाय जिल्लामा मौन रहंदा लफ्याङमा अन्र्तराष्ट्रिय स्तरको खेलकुद मैदान निर्माण अभियान औपचारिक शुरुवातसंगै खेलकुदसंग आवद्ध निकायमा तरंग आउँने भएको छ ।

 

तश्विरमा: अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माणका लागि ‘लफ्याङमा गरिएको औपचारिक कार्यक्रमका तस्विरहरु | तस्विर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी