कात्तिक २६, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेक"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक भारतबिरुद्ध नेपालको ऐतिहासिक जित !

२६ कार्तिक २०७४, आईतवार १०:०४

कात्तिक २६, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।

नेपालले क्रिकेट इतिहाँसमा भारतलाई जितेको यो नै पहिलो पटक हो । मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो । ब्याटिङमा ८८ रनको कप्तानी पारी खेलेका ऐरीले बलिङतर्फ ४ विकेट लिएपछि भारतको ब्याटिङ पंक्ति धराशायी बनेको हो ।

भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।

कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए ।

मध्यम ओभरमा नेपाली स्पिनरहरु खेलमा हावी भए । मध्यक्रमका चार ब्याट्सम्यानलाई कप्तान ऐरीले पेविलियनको बाटो देखिएपछि भारतको इनिङ धराशायी बन्यो ।

नेपालका लागि पवन सर्राफ र साहव आलमले २/२ विकेट लिँदा सन्दिप लामिछाने र कमल ऐरीले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ऐरीको कप्तानी पारीको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालको सुरुवात राम्रो रहेन । २८ रन जोड्दा नेपालले २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले ।

जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

नेपालको पारी सकिन ८ बल बाँकी छँदा आउट भएका आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए । कप्तान ऐरी खेलको म्यान अफ द म्याच चुनिए ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो ।

नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता