
काठमाडौँ | लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्व पहिले फिल्डिङ गर्ने भएको छ । शनिबार (कात्तिक २८) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
लुम्बिनी पाँचौँ जितका साथ अंकतालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा छ । विराटनगरलाई भने प्लेअफ सम्भावना जीवित राख्न जित्नैपर्ने दबाब छ । हाल ६ खेलबाट नौ अंक जोडेको लुम्बिनी दोस्रो स्थानमा छ । विराटनगर समान खेलबाट ६ अंकका साथ पाँचौँ स्थानमा छ ।