काठमाडौँ | तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राइनोजका कमिल मिशराले शतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार काठमाडौं गोर्खाजसँगको खेलमा उनले ६३ बलमा ८ छक्काका र ४ चौकासहित १०० रन पूरा गरेका हुन् । कमिलको एनपीएलमा यो पहिलो शतक हो।
उनी एनपीएलमा शतक बनाउने पाँचौँ खेलाडी बनेका छन् । यसअघि तेस्रो संस्करणमै पोखरा एभेन्जर्सका युवराज समराले शतक प्रहार गरेका थिए भने पहिलो संस्करणमा एडम रोसिङ्टन र मार्क वाट तथा दोस्रो संस्करणमा अनुज गैसले शतक बनाएका थिए ।