८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

४ मंसिर २०७४, सोमबार ०८:२३

मंसिर ४, काठमाडौँ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । 

गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ । 

नेपालमा खेलकुद पर्यटनको विकास र प्रवद्र्धन, साहसिक जलयात्रा पर्यटनको विकास, जलयात्रा व्यवसायमा संलग्न रिभर गाइड तथा जलखेलाडीको सीप र दक्षता वृद्धि, सहासिक पर्यटन उद्योगको विकास, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने र सहासिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएकोे हो । 

“नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जलपर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि नेपालमा उक्त प्रतियोगिता आयोजना गर्दै आएका छौँ”, कोषाध्यक्ष खनालले भन्नुभयो । 

हाल भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्याण्ड र बेलायतलगायतका मुलुकमा नेपाली रिभर गाइडहरू क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल पनि खेलाउने छन् । 

उक्त खेलमा ५०० जनाको सहभागिता रहने र प्रतियोगिताको चार वटै खेलमा क्रमशः प्रथमलाई रू एक लाख, दोस्रोलाई रू ५० हजार र तेस्रोलाई रू ३० हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता