८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलको ड्र तालिका सार्वजनिक, कुन समूहमा कुन-कुन देश परे ?

१५ मंसिर २०७४, शुक्रबार १८:३४

मंसिर १६, काठमाडौं | आगामी बर्ष रुसमा हुने विश्वकप फुटबल खेलको ड्र तालिका सार्वजनिक भएको छ । 

रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । बिगतमा झैं विश्वकप खेल्ने ३२ राष्ट्रको टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

तालिका अनुसार स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । मोरक्कोमा ड्र भएको थियो । जस अनुसार युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् ।रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ । यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ । विश्वकप २०१८को उदघाटन खेल भने अायोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ ।

समूह 'ए' मा को-को परे ? 

१ . रुस 

२. साउदी अरेबिया 

३. इजिप्ट 

४.  उरुग्वे 

समूह 'बी' मा को-को परे ? 

१.पोर्चुगल 

२. स्पेन 

३. मोरक्को 

४.  इरान  

समूह 'सी' मा को-को परे ? 

१. फ्रान्स 

२. अष्ट्रेलिया 

३. पेरु 

४. डेनमार्क 

समूह 'डी' मा को-को परे ? 

१. अर्जेन्टिना 

२.आइसल्याण्ड 

३. क्रोएसिया 

४. नाइजेरिया 

समूह 'ई' मा को-को परे ?  

१. ब्राजिल 

२. स्वीट्जरल्याण्ड 

३. कोष्टारिका 

४. सर्बिया 

समूह 'एफ' मा को-को परे ? 

१. जर्मनी 

२. मेक्सिको 

३. स्वीडेन 

४. दक्षिण कोरिया 

समूह 'जी' मा को-को परे ? 

१. बेल्जियम 

२. पनामा 

३. ट्युनिसिया 

४. इंग्ल्याण्ड 

समूह 'एच' मा को-को परे ? 

१. पोल्याण्ड 

२. सेनेगल 

३. कोलम्बिया 

४. जापान 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता