२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलको ड्र तालिका सार्वजनिक, कुन समूहमा कुन-कुन देश परे ?

२०७४, १५ मंसिर शुक्रबार १८:३४

मंसिर १६, काठमाडौं | आगामी बर्ष रुसमा हुने विश्वकप फुटबल खेलको ड्र तालिका सार्वजनिक भएको छ । 

रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । बिगतमा झैं विश्वकप खेल्ने ३२ राष्ट्रको टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

तालिका अनुसार स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । मोरक्कोमा ड्र भएको थियो । जस अनुसार युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् ।रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ । यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ । विश्वकप २०१८को उदघाटन खेल भने अायोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ ।

समूह 'ए' मा को-को परे ? 

१ . रुस 

२. साउदी अरेबिया 

३. इजिप्ट 

४.  उरुग्वे 

समूह 'बी' मा को-को परे ? 

१.पोर्चुगल 

२. स्पेन 

३. मोरक्को 

४.  इरान  

समूह 'सी' मा को-को परे ? 

१. फ्रान्स 

२. अष्ट्रेलिया 

३. पेरु 

४. डेनमार्क 

समूह 'डी' मा को-को परे ? 

१. अर्जेन्टिना 

२.आइसल्याण्ड 

३. क्रोएसिया 

४. नाइजेरिया 

समूह 'ई' मा को-को परे ?  

१. ब्राजिल 

२. स्वीट्जरल्याण्ड 

३. कोष्टारिका 

४. सर्बिया 

समूह 'एफ' मा को-को परे ? 

१. जर्मनी 

२. मेक्सिको 

३. स्वीडेन 

४. दक्षिण कोरिया 

समूह 'जी' मा को-को परे ? 

१. बेल्जियम 

२. पनामा 

३. ट्युनिसिया 

४. इंग्ल्याण्ड 

समूह 'एच' मा को-को परे ? 

१. पोल्याण्ड 

२. सेनेगल 

३. कोलम्बिया 

४. जापान 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना