८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १२ देखि हुने

३ पुष २०७४, सोमबार ०४:२७

पुस ३, लमजुङ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ ।

तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बेँसीशहरको त्रिवेणी रंगशालामा हुने प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख, उपविजेतालाई रु एक लाख ५० हजार पुरस्कार दिइने बताइएको छ । 

यस्तै सेमीफाइनल उपविजेता दुई समूहलाई नगद रु ५०÷५० हजार प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छवीन्द्र गुरुङले बताउनुभयो । 

यसैगरी अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद रु १५÷१५ हजार, अनुशासित टिमलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताउनुभयो । 

विगत २६ वर्षदेखि त्रिवेणी युवा क्लबले त्रिवेणी प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको उपाधि कुखुराको भालेबाट शुरु गरेको क्लबले गत वर्षबाट रजतजयन्ती मनाएसँगै यो क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार राशि बनाएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता