२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपीएल क्रिकेट: पोखरा राइनोजद्वारा चितवन १० विकेटले पराजित

२०७४, ४ पुष मंगलवार ०७:०१

पुस ४, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले १० विकेटको शानदार जित हात पारेको छ ।

मंगलबार चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन । ओपनर दिलिप नाथ मात्र ६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ७ रन थियो ।

टिमले थप चार रन जोड्दा साबेज खान शुन्यमै आउट भए । अनिल मण्डलले दिपेन्द्र सिंंह ऐरीसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे ।

उनीहरुले तेस्रो विकेटका लागि ६७ रनको साझदारी गरे । मण्डल ३२ रनमा आउट भए । एरीले ४२ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंंक जोड्न सकेनन् र २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो ।

जवाफमा पोखराले शानदार प्रर्दशन गर्‍यो । उसका आपनरद्वय इज्राउल्ला र सुनिल धमलाले १७.४ ओभरमा टिमलाई जित दिलाए ।

पाकिस्तानी क्रिकेटर इज्राउल्लाले नटआउट ६१ रन बनाउँदा धमला ४६ रनमा अविजित रहे ।

चितवनको ४ विकेट लिएका इज्राउल्ला म्यान अफ दि म्याच बने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना