२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ महिला फुटबल–नेपाल भारतसँग १० गोलले पराजित

२०७४, ४ पुष मंगलवार १२:२२

पुस ४, काठमाडौँ (रासस) | बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने नेपालको सम्भावना सकिएको हो । 

जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि यही पुस २ गते भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले गोल अन्तरले पराजित भएको थियो । 

नेपालले पहिलो र दोस्रो हाफमा समान पाँच/पाँच गोल बेहोर्यो । भारतका लागि सुनिता मुन्डा र प्रियंकादेवीले ह्याट्रिक गरे भने लेन्डा कोमले दुई तथा सन्थिया र अंनी बाइले समान एक एक गोल गरे । 

त्यस्तै प्रतियोगितामा भारत र बंगलादेश एक खेल अगावै फाइनलमा प्रवेश गरेका छन् । आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले गोलअन्तरले हरायो । 

भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । भुटानले दुई खेलबाट ६ गोल खाएको छ भने यता समान खेलबाट नेपालले १६ गोल खाएको छ । प्रतियोगितामा भुटान पनि अघिल्लो चरण प्रवेशबाट बाहिरिएको छ । लिग राउण्डको अन्तिम खेल नेपालले अब यही पुस ६ गते भुटानसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना