८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

१० पुष २०७४, सोमबार १२:१४

पुस १०, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

त्यस्तै एक खेलमात्र जितेको काठमाडौँ प्रतियोगिताबाट बाहिरियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौँलाई १४८ रनको चुनौती दिएको थियो । जवाफमा काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो । 

विराटनगरले भने २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे । 

काठमाडौँका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २÷२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १÷१ विकेट झारे । 

यता काठमाडौँका लागि भने कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी नरेश बुढाऐर ३०, शुरुवाती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे । 

विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २÷२ विकेट लिए । त्यस्तै करन केसी र पारस खड्काले १÷१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए । उपाधिसहित उनले रु १० हजार प्राप्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता