८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल टी–ट्वन्टी क्रिकेट: भैरहवा फाइलनमा

१३ पुष २०७४, बिहीबार ११:२६

पुस १३, काठमाडौँ (रासस) | एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई ३ विकेट हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले भैरहवालाई १३३ रनको लक्ष्य दिएको थियो । जवाफमा भैरहवाले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

भैरहवाको जीतमा प्रथम सालुङ्गेले सर्वाधिक ३२ रनको योगदान दिए भने रोहितकुमार पौडेलले २८, भूपेन्द्र थापाले १९ तथा पुनित मेहराले १४ रन जोडे । त्यसैगरी राहुल यादव र कप्तान शरद भेषवाकारले ९–९ रन जोडे भने आरिफ शेखले ६ तथा प्रदीप ऐरीले ५ रन जोडे । 

ललितपुरका पवन सर्राफ र ललितनारायण राजवंशीले २–२ विकेट लिए भने सन्दीप लामिछाने र रसिद खानले १–१ विकेट झारे । यता ललितपुरले २० पूरा खेल्दै ६ विकेटको क्षतिमा १३२ रन जोडेको थियो । ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए भने सन्नी पटेल २४, दीपेश भण्डारी २२, कप्तान ज्ञानेन्द्र मल्ल २०, शंकर राना १२ तथा सोनु तामाङले १० रन जोडे । 

भैरहवाका पुनितले २ विकेट लिए भने हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीले १–१ विकेट हात पारे । शनिबार हुने फाइनल खेलमा विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता