८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन

१४ पुष २०७४, शुक्रबार ०९:४७

पुस १४, धनगढी । यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । 

एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ । 

यस्तै, श्रीलंकाले दुई स्वर्ण, एक रजत र चार काँस्य, बंगलादेशले एक स्वर्ण, दुई रजत र दुई काँस्य र पाकिस्तानले एक स्वर्ण र एक रजत पदक जितेको प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते डो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले जानकारी दिनुभयो । 

त्यस्तै, सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघको आयोजनामा भएको प्रतियोगितामा कुमुतो विधातर्फ एपिएफ प्रथम हुँदै रु ५१ हजार, सुदूरपश्चिमाञ्चलले दोस्रो हुँदै रु ३१ हजार तथा पश्चिमाञ्चलले रु २१ हजार पुरस्कार प्राप्त गर्दै तृतीय भएको छ । 

प्रतियोगितामा नेपालका २४३, भारतका १८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच र बंगलादेशका नौ खेलाडी सहभागी थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता