२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन

२०७४, १४ पुष शुक्रबार ०९:४७

पुस १४, धनगढी । यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । 

एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ । 

यस्तै, श्रीलंकाले दुई स्वर्ण, एक रजत र चार काँस्य, बंगलादेशले एक स्वर्ण, दुई रजत र दुई काँस्य र पाकिस्तानले एक स्वर्ण र एक रजत पदक जितेको प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते डो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले जानकारी दिनुभयो । 

त्यस्तै, सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघको आयोजनामा भएको प्रतियोगितामा कुमुतो विधातर्फ एपिएफ प्रथम हुँदै रु ५१ हजार, सुदूरपश्चिमाञ्चलले दोस्रो हुँदै रु ३१ हजार तथा पश्चिमाञ्चलले रु २१ हजार पुरस्कार प्राप्त गर्दै तृतीय भएको छ । 

प्रतियोगितामा नेपालका २४३, भारतका १८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच र बंगलादेशका नौ खेलाडी सहभागी थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता