२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पूर्वाञ्चलको आयोजनामा आयोजित छैटौँ क्षेत्रीय तेक्वान्दो खेलमा सुनसरी प्रथम

३० पुष २०७४, आईतवार ०८:१६

पुस ३० सुनसरी  | राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा  इटहरीमा आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६ स्वर्ण र २ रजत पदक हात पार्दै टोली प्रथम बन्न सफल भएको छ । 

इटहरी उपमहानगरपालिका–४, कचना माविको खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा धनकुटाले ४ स्वर्ण र १ रजत पदक प्राप्त गर्दै दोस्रो स्थान तथा झापाले २ स्वर्ण र १ रजत पदक हात पार्दै तेस्रो स्थान हासिल गरेका छन् । आज बिहान सम्पन्न प्रतियोगितामा मोरङले १ स्वर्ण र ४ रजत तथा इलामले १ रजत पदकमा चित्त बुझाएका छन् । 

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ५४ केजी तैल समूहको खेलमा सुनसरीका डब्बु राईले स्वर्ण तथा इलामका सुदीप प्रधानले रजत पदक प्राप्त गरेका छन् । त्यसैगरी ५८ केजी तौल समूहको प्रतिष्पर्धामा सुनसरीका अरुण तिवारीले स्वर्ण तथा धनकुटाका असिम याखाले रजत पदक प्राप्त गरेका छन । यसैगरी ६३ केजी तौल समूहको खेलमा धनकुटाका शुक्र विकले स्वर्ण तथा मोरङका आयुष गिरीले रजत पदक प्राप्त गरेका छन् । 

त्यस्तै पुरुषतर्फको ६८ केजी तौल समूहको प्रतिष्पर्धामा धनकुटाका युद्ध विकले स्वर्ण र संखुवासभाका तीर्थबहादुर राउतले रजत पदक जितेका छन् । त्यसैगरी ७४ केजीतर्फको खेलमा झापाका नीरज चौहानले स्वर्ण तथा मिन्नत अन्सारीले रजत तथा ८४ केजीतर्फको खेलमा सुनसरीका अरुण लिम्बूले स्वर्ण र राजेश तामाङले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै ८० केजी तौलमाथिका खेलमा सुनसरीका राजेश तामाङले बाई पाएर स्वर्ण पदक प्राप्त गरेका छन् । 

त्यस्तै महिलातर्फको ४३ केजीमा धनकुटाका विनिता घिमिरेले स्वर्ण र झापाका लक्ष्मी राजवंशीले रजत तथा ४९ केजी तौल समूहको खेलमा सुनसरीकी सोनी लिम्बूले स्वर्ण तथा मोरङकी सुदेश्ना गुरुङले रजत पदक प्राप्त गरे । 

त्यस्तै ५३ केजीतर्फको खेलमा सुनसरीकी अञ्जली चौधरीले स्वर्ण र धनकुटाकी पार्वती राईले रजत तथा ५७ केजीको खेलमा धनकुटाकी सुनिता तामाङले स्वर्ण तथा सुनसरीकी इष्टार जिमी राईले रजत पदक प्राप्त गरे । त्यस्तै ६२ केजीतर्फको खेलमा झापाकी पविना धिमालले स्वर्ण र मोरङकी पनिसा पराजुलीले रजत तथा ६७ तौल समूहमा मोरङकी अर्पणा राईले बाई पाएर स्वर्ण जितेका छन् । 

प्रतियोगिता समापान समारोहमा प्रशिक्षक खेमराज कार्की, ज्ञानेन्द्र विश्वकर्मा, पीताम्बर पौडेल, इच्छा घले, दिनेश गिरी, खगेन्द्र कटवाल र राजेन्द्र कटवाललाई सम्मान गरियो । कृष्ण बास्तोलाको अध्यक्षतामा भएको समारोहमा विजेतालाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी, प्रमुख सेनानी नवराज दंगाल, हरि बुढाथोकीलगायतले पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल