८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले किन्यो नेपाली खेलाडी, सन्दिपले आईपीएल खेल्ने

१४ माघ २०७४, आईतवार ०८:१४

माघ १४, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने भारतको चर्चित क्रिकेट आईपीएलमा आवद्ध भएका छन् । यससँगै सन्दिप आइपीएल क्रिकेटमा आवद्ध भएका पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

सन्दिप आईपीएल टिम दिल्ली डेयरडेभिल्ससँग आवद्ध भएका हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ बर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । उनको न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै सन्दिपलाई किनेको हो ।


दिल्लीको टिममा गौतम गम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ- आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

को हुन् सन्दीप ?

दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेव वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएपलमा ‘इन्ट्री’ ।

बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भएपनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारु मूल्यमा आफ्नो बनाएको छ । नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई काठमाडौं ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता