२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले किन्यो नेपाली खेलाडी, सन्दिपले आईपीएल खेल्ने

२०७४, १४ माघ आईतवार ०८:१४

माघ १४, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने भारतको चर्चित क्रिकेट आईपीएलमा आवद्ध भएका छन् । यससँगै सन्दिप आइपीएल क्रिकेटमा आवद्ध भएका पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

सन्दिप आईपीएल टिम दिल्ली डेयरडेभिल्ससँग आवद्ध भएका हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ बर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । उनको न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै सन्दिपलाई किनेको हो ।


दिल्लीको टिममा गौतम गम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ- आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

को हुन् सन्दीप ?

दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेव वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएपलमा ‘इन्ट्री’ ।

बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भएपनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारु मूल्यमा आफ्नो बनाएको छ । नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई काठमाडौं ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना