८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा–रारा गोल्डकपको उपाधि नेपाल पुलिसको पोल्टामा

२० माघ २०७४, शनिबार १४:३६

माघ २०, पोखरा । पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 

प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो । 

सो प्रतियोगिताको निर्धारित समयमा दुबैतर्पmबाट कुनै पनि गोल हुन नसकेपछि अतिरिक्त थपिएको कुल २० मिनेटको पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा नेपाल पुलिस क्लवका नीरकुमार राईले दिएको पासलाई सदुपयोग गर्दै राम वाजीले गोलमा परिणत गरेका थिए । 

प्रतियोगिताको विजयी टीम नेपाल पुलिस क्लबले रु सात लाख एक हजारसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टार क्लबले रु तीन लाख ५१ हजार प्राप्त गरेको छ । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवान घोषित भई एक थान स्कूटर प्राप्त गरे भने खेल अवधिमा सर्वाधिक गोलकर्तामा पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठले तीन तीन गोल गरेर जनही रु १२ हजार ५०० पुरस्कार प्राप्त गरे । 


प्रतियोगिता अवधिभर दर्शकले काटेका टिकटबाट गोला प्रथाबाट घाचोकका उज्वल पोख्रेललाई स्कुटर तथा पोखरा लेखनाथ महानगरपालिका–१० का उत्तमबहादुर कार्कीलाई रु २५ हजार मूल्य बराबरको एलजी टिभी उपहार प्राप्त गरेका थिए । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले पोखराको पहिचान प्राकृतिक सुन्दरता मात्र नभई खेलकुद पनि भएको बताउनुभयो । 

पोखरामा खेलकुदको विकास हुँदै गएको बताउँदै उहाँले २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रङ्शाला निर्माणको क्रममा रहेको जानकारी दिनुभयो । 

सहारा क्लबका महासचिव केशब बरालले १६ औँ संस्करणको प्रतियोगिता सञ्चालनबाट भएको आम्दानीले पोखरा–१७, दोभिल्लामा सहारा एकेडेमी सञ्चालन गर्दै आएको र उक्त एकेडेमीमा १६ जिल्लाका २८ जना असहाय बालक आवासीय रुपमा अध्ययनरत रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता