२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा–रारा गोल्डकपको उपाधि नेपाल पुलिसको पोल्टामा

२०७४, २० माघ शनिबार १४:३६

माघ २०, पोखरा । पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 

प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो । 

सो प्रतियोगिताको निर्धारित समयमा दुबैतर्पmबाट कुनै पनि गोल हुन नसकेपछि अतिरिक्त थपिएको कुल २० मिनेटको पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा नेपाल पुलिस क्लवका नीरकुमार राईले दिएको पासलाई सदुपयोग गर्दै राम वाजीले गोलमा परिणत गरेका थिए । 

प्रतियोगिताको विजयी टीम नेपाल पुलिस क्लबले रु सात लाख एक हजारसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टार क्लबले रु तीन लाख ५१ हजार प्राप्त गरेको छ । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवान घोषित भई एक थान स्कूटर प्राप्त गरे भने खेल अवधिमा सर्वाधिक गोलकर्तामा पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठले तीन तीन गोल गरेर जनही रु १२ हजार ५०० पुरस्कार प्राप्त गरे । 


प्रतियोगिता अवधिभर दर्शकले काटेका टिकटबाट गोला प्रथाबाट घाचोकका उज्वल पोख्रेललाई स्कुटर तथा पोखरा लेखनाथ महानगरपालिका–१० का उत्तमबहादुर कार्कीलाई रु २५ हजार मूल्य बराबरको एलजी टिभी उपहार प्राप्त गरेका थिए । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले पोखराको पहिचान प्राकृतिक सुन्दरता मात्र नभई खेलकुद पनि भएको बताउनुभयो । 

पोखरामा खेलकुदको विकास हुँदै गएको बताउँदै उहाँले २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रङ्शाला निर्माणको क्रममा रहेको जानकारी दिनुभयो । 

सहारा क्लबका महासचिव केशब बरालले १६ औँ संस्करणको प्रतियोगिता सञ्चालनबाट भएको आम्दानीले पोखरा–१७, दोभिल्लामा सहारा एकेडेमी सञ्चालन गर्दै आएको र उक्त एकेडेमीमा १६ जिल्लाका २८ जना असहाय बालक आवासीय रुपमा अध्ययनरत रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना