अघिल्लो खेलमा कमजोर मानिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अघिल्लो खेलमा कमजोर मानिएको"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको तेस्रो खेल यूएइविरुद्ध, जित्नैपर्ने दबाव

२०७४, २८ माघ आईतवार ०९:०१

माघ २८, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको यात्रा गरिरहेको नेपालले आफ्नो तेस्रो खेल यूएइविरुद्ध केहीबेरपछि खेल्दैछ ।


अघिल्लो खेलमा कमजोर मानिएको ओमानसँग व्यहोरेको हारले गर्दा नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ ।

नामिबियामा जारी प्रतियोगितामा नेपालको ब्याटिङ चल्न सकिरहेको छैन । तीव्र गतिको बलिङलाई सहयोग गर्ने पीचमा नेपालका प्रमुख ब्याट्सम्यानहरुले प्रत्येक रनका लागि कडा संघर्ष गनुपरेको छ ।

पहिलो खेलमा घरेलु टोलीले दिएको केवल १३९ रनको लक्ष्य भेट्न नेपाललाई आच्छुआच्छु परेको थियो । दोस्रो खेलमा पनि नेपालको ब्याटिङ १३८ रनमै समेटियो, जसलाई ओमानले मात्र ४ सिवकेट गुमाएर भेट्टायो ।

यूएईविरुद्धको ‘निर्णायक’ खेलमा नेपालका प्रमुख ब्याट्सम्यानहरु दबवावमा हुनेछन् । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र दिपेन्द्र ऐरीमध्ये कम्तिमा दुई जना चल्नैपर्छ । यसैगरी युवा खेलाडीहरु दिलिप नाथ, आरिफ सेख र रोहितकुमार पौडेलसामु पनि आफूलाई प्रमाणित गर्ने चुनौति छ ।

स्मरणीय के छ भने यूएई पनि नेपालसँगै डिभिजन १ बाट रेलिगेसनमा परेको टिम हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले अन्तिम श्रृंखला यूएईविरुद्ध नै खेलेको थियो । उक्त श्रृंखलाका दुवै म्याच नेपालले गुमाएको थियो । त्यसैले नेपाल विरुद्ध यूएईको मनोबल उच्च छ ।

आजको खेल हारेमा नेपाल फाइनलमा पुग्ने र विश्वकप छनोट खेल्ने सम्भावना लगभग टर्नेछ । अर्कोतर्फ रेलिगेसनमा परेर डिभिजन ३ मा र्झनसक्ने खतरा पनि मडराउनेछ । त्यसैले यो ‘गर या मर’को स्थिति हो ।

नामिबियाको पीच फास्ट बलरका लागि पनि सहयोगी नै देखिएको छ । तर, अर टिमका फास्ट बलरहरुले जस्तो नेपाली बलरहरुले पीचको फाइदा उठाउन सकेको देखिँदैन । सोमपाल कामीले केही प्रभाव पारे पनि अर्का बलर करण केसी दुवै म्याचमा फ्लप देखिएका छन् ।

यूएईले पहिलो खेलमा केन्यालाई २१८ रनको विशाल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा भने क्यानाडासँग २३ रनले पराजित भयो । यसरी अंक तालिकामा नेपाल र यूएई लगभग उस्तै अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त