२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले चौथो खेल आज केन्याविरुद्ध खेल्दै

२०७४, २९ माघ सोमबार ०६:२३

 माघ २९, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तरगत नेपालले आफ्नो चौथो खेल आज केन्याविरुद्ध खेल्दैछ । यो प्रतियोगिताको टे्रन्ड र नेपालको अहिलेसम्मको प्रदर्शन हेर्दा आजको म्याच पनि ‘लो स्कोरिङ’ हुन सक्ने अड्कल गर्न सकिन्छ ।


सिम बलिङलाई हेल्प गरिरहेको पिचमा नेपालका लागि टस जित्नु निकै महत्वपूर्ण हुनेछ । नेपालले खेलेका तीन म्याचमध्ये दुई वटामा दोस्रो ब्याटिङ गरेर जित निकालेको थियो ।

नेपालको रणनीति भनेको पहिले विपक्षीलाई ब्याटिङमा बोलाउने र एक सय ५० भन्दा तलको स्कोरमा अलआउट गर्ने देखिन्छ । सोभन्दा माथिको लक्ष्य खडा भएमा नेपाललाई समस्या पर्न सक्छ ।

जारी प्रतियोगितामा नेपाल २ जित र एक हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

केन्याले दुबै खेल हारेको छ ।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत दुई म्याच भएका थिए । काठमाडौंमा भएको दुई म्याचमध्ये नेपालले एक जित र एक हार व्यहोरेको थियो ।

कप्तान पारसले देखाएको बाटो

नेपालले तेस्रो म्याचमा बलियो यूएईविरुद्ध महत्वपूर्ण जित हात पार्दा पारस खड्का नायक बनेका थिए । पिचको अवस्था, खेलको सिचुयसन र विपक्षी बलिङ हेर्दा पारसको यो इनिङ उनको करिअरकै उत्कृष्टमध्येको एक मान्न सकिन्छ ।

पारसले ४८ बलमा बनाएको ५१ रनमध्ये ३० रन छक्काबाट बनेको थियो । उनले जम्मा ५ छक्का र दुई चौका प्रहार गरेका थिए । विपक्षी बलरहरु पूर्णरुपमा हावी भएको बेला उनले साहसिक प्रत्याक्रमण गर्दै ठूला सटहरु हिर्काए र नेपाललाई सहज अवस्थामा पुर्‍याए । रन बनाउन संघर्ष गरिरहेका नेपाली ब्याट्सम्यानहरुलाई पारसले उदाहरण सेट गरेका छन् ।

ज्ञानेन्द्रको र्फम

नेपाली टोलीका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल भने यो प्रतियोगितामा अहिलेसम्म फिक्का देखिएका छन् । उनी चाँडै आउट हुँदा नेपाली टिम दबावमा परिरहेको छ ।

नेपाल प्रतियोगिताको फाइनलमा पुग्नका निम्ति ज्ञानेन्द्रको ब्याट चल्नु अति आवश्यक छ । उनी टोलीका अनुभवि र प्राविधिकरुपमा दक्ष ब्याट्सम्यान हुन् ।

अहिलेसम्मका तीन म्याचमा ज्ञानेन्द्रले जम्मा २७ रन बनाएका छन् । पहिलो खेलमा नामिबियाविरुद्ध ४५ बल खेलेर १५ रन बनाएका ज्ञानेन्द्र ओमानविरुद्ध ७ रन र यूएईविरुद्ध ५ रनमा आउट भए ।

यद्यपि ज्ञानेन्द्र कुनै पनि बेला र्फममा फर्किन सक्ने ब्याट्सम्यान हुन् । उनले डिभिजन २ अगाडिको अभ्यास म्याचमा यूएई ए विरुद्ध एक सय ५४ रनको इनिङ खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने