२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौथो खेलमा नेपाललाई एक सय ७८ रनको लक्ष्य, सन्दीपले लिए पाँच विकेट

२०७४, २९ माघ सोमबार ११:५०

माघ २९, काठमाडौं | नामिबियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नो चौथो खेलमा केन्याविरुद्ध भिडिरहेको नेपालले एक सय ७८ रनको लक्ष पाएको छ।

केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ७८ रन जोड्यो। नेपालका युवा स्पिनर सन्दिप लामिछाने एक्लै पाँच विकेट लिए।

१० ओभर बलिङ गरेका सन्दिपले पाँच मेडन राख्दै २० रन खर्चिए। वसन्त रेग्मी , शरद भेषावकर र सोमपाल कामीले एक एक विकेट हात पारे ।

पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको केन्याका सुरुका दुई विकेट सन्दीपले लिएका थिए।

केन्याले एक सय तीन रन जोड्दा बसन्तले तेस्रो विकेटका रुपमा विकेट किपर इरफान करिमलाई ४२ रनमा आउट गरे। त्यसपछि आफ्नो सातौं ओभर लिएर आएका सन्दीपले त्यस ओभरमा दुई विकेट लिएका थिए।

उनले ३४औ ओभरको पहिलो दुई बलमा दुई विकेट लिएका हुन्। सन्दीपले आफ्नो १०औं तथा अन्तिम ओभरमा एक विकेट लिएर पाँच विकेट पुरा गरेका थिए।

१७औ‌ ओभरको अन्तिम बलमा सन्दीपले एलेक्स ओबान्डालाइ व्‍यक्तिगत ४१ रनमा बोल्ड आउट गर्दै केन्याको पहिलो विकेट साझेदारी तोडेका थिए।

उनले १९ औं‌ ओभरमा दोस्रो विकेट लिए। त्यसपछिका आफ्ना लगातार दुई ओभर सन्दीपले मेडन फ्याँके।

उनले आइतबार यूएइविरुद्ध पहिलो ओभरमै दुई विकेट लिएका थिए। त्यतिबेला लगातार बलमा उनले विकेट हात पारेका थिए।

सन्दीपले प्रतियोगिताका आफ्ना चार खेलमा १४ विकेट लिएका छन्। नामिबियाविरुद्ध चार विकेट लिएका सन्दिपले ओमानविरुद्ध दुई र यूएइविरुद्ध तीन विकेट लिएका थिए।

पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपालले दोसो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा यूएईलाई चार विकेटले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि