फागुन १, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिस्व कप छनोटमा पर्न नेपालले क्यानाडालाई हराउनै पर्ने दबाब

१ फाल्गुन २०७४, मंगलवार ०८:३८


फागुन १, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन ।

नेपालले भोलि क्यानाडासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । कठिन प्रतिद्वन्द्वीविरुद्धको यो म्याच नेपालका लागि ‘निर्णायक’ बन्न सक्छ ।

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाटै विश्वकप छनोटमा स्थान बनाउन चाहन्थ्यो । तर, हङकङसँगको हारसँगै त्यो सम्भावना टर्‍यो । यद्यपि, डिभिजन टूको शीर्ष दुई टोलीले पनि छनोट खेल्ने भएकाले नेपालले आश मारेको छैन ।

ओमानसँग अनेपक्षित हार व्यहारेको नेपालले विश्वकप छनोट खेल्ने सम्भावना कति छ त ?

अंक तालिकामा अहिले क्यानडा र नेपालको समान ६ अंक छ । तर, नेट रन रेटमा क्यानडा अगाडि भएका कारण शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा ।

यूएई र नामिबियाको दुबैको समान ४–४ अंक छ । नामिबियाले त अझ एक खेल कम खेल्न बाँकी नै छ । यस्तो अवस्थामा विश्वकप छनोट खेल्ने सम्भावना क्यानाडा र नेपालको मात्र होइन, यूएई र नामिबियाको पनि छ । केन्या र ओमानको विश्वकप छनोट खेल्ने सम्भावना भने टर्‍यो ।

आज नामिबियाले केन्यासँग खेल्नेछ । भोलि तीन खेल छन्, नेपाल भर्सेस क्यानडा, नामिबिया भर्सेस यूएई र केन्या भर्सेस ओमान ।

यदि नेपालले क्यानडालाई हराउन सक्यो भने अरु परिणाम जे भए पनि, नेपालले फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । किनकी नेपालको ८ अंक हुनेछ र बाँकी टिममा नामिबियाको मात्र ८ अंक पुग्ने सम्भावना कायम छ ।

यदि उसले केन्या र यूएई दुबैलाई हराउन सक्यो भने फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउँछ ।

तर, क्यानडासँग नेपाल हार्‍यो भने फाइनलमा विश्वकप छनोट खेल्ने सम्भावना लगभग अन्त्य हुनेछ किनकि नेपालको रनरेट कमजोर छ ।

नामिबिया र यूएई एकअर्कासँग भएकाले जुन टिम विजयी भए पनि उसले अघिल्लो चरणमा स्थान बनाउने छ ।

किनकी नेट रनरेट नेपालको भन्दा दुबै टिमको राम्रो छ ।

तर, एउटा गणीतीय सम्भावना छ ।

यदि आज केन्याले नामिबियालाई हरायो र यूएई भर्सेस नामिबियाको खेल वर्षाले विथोलिएर दुबैले अंक बाँडे भने नेपालको सम्भावना रहन्छ ।

तर, ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउने हो भने नेपालले क्यानाडालाई नहराई सुख्खै छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता