७ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट छनोट खेलका लागि १९ सदस्यीय खेलाडीको घोषणा

७ फाल्गुन २०७४, सोमबार १०:३०

फागुन ७, काठमाडौँ | जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । 

घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् । 

यही फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङ्कङ छन् । नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बावेसँग खेल्ने छ भने दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङ्कङसँग खेल्ने छ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इङ्ल्याण्ड हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउने छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हमासको नयाँ प्रस्तावले बढायो विपिन जोशी रिहा हुने आस कुकुरले नवजात शिशुको शव मुखमा च्यापेर हिँडेपछि… आमालाई कलेज फेस्टबाट फर्केपछि फोन गर्छु भनेकी थिइन् प्रकृतिले, तर दुई घण्टापछि प्रशासनको फोन आयो ओडिसा घटनाबारे आरजुले गरिन् भारतीय मन्त्रीसँग कुराकानी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ७३ लाख ठगी गर्ने दुईजना पक्राउ प्रकृति लम्साल मृत्यु प्रकरण : रक्सौल नाका भएर ९३ नेपाली विद्यार्थी स्वदेश फर्किए महाकुंभ मेला : गंगा-यमुना नदीमा फेकल कोलिफर्म बढ्यो, यो शरीरमा पुग्यो भने हुन सक्छन् यी जोखिमहरू ? ओशो सन्न्यासी बनिन् शिल्पा सावित्रा भण्डारी, डा. ओम मूर्ति अनिलसहित यी १० जनाले पाए यस वर्षको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा’ पुरस्कार शेरबहादुर देउवा बिहीबार भारत जाने नेपाली विद्यार्थीहरुलाई दुर्व्यवहार गर्ने केआईआईटीका कर्मचारीहरु २० हजार धरौटीमा छुटे रुस-युक्रेनयुद्ध युक्रेनकै कारण भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप पोखरामा बेलुन विस्फोट प्रकरणः: एक भारतीय नागरिक हिरासतमा, के मुद्दा चलाउने प्रहरी अन्योलमा नेपाललाई अमेरिकाले दिएको सहयोग सार्बजनिक गर्दै ट्रम्पले भने- यो सबै ठगी हो ! कालीमाटी तरकारी बजारमा एक मजदुर मृत फेला, चार जना पक्राउ फिल्म ‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित प्रकृति लम्सालको शव नेपाल ल्याईंदै, प्रेमी भनिएका श्रीवास्तवसहित ६ जना पक्राउ, तीन कर्मचारी निलम्बित पुर्व राजा ज्ञानेन्द्रको शुभकामनाप्रति गोकुलको टिप्पणी- डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होईबक्सेछ आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ? प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छ : सभामुख घिमिरे