ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ध"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटलाई जगदम्बाको साथ

१५ फाल्गुन २०७४, मंगलवार १०:५६

फागुन १५, काठमाडौँ | धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ । 


धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

सम्झौताअनुसार प्रतियोगिताको सहआयोजक अब जगदम्बा इन्टरप्राइजेज रहनेछ भने आयोजकले सम्पूर्ण प्रवद्र्धनात्मक क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ । आगामी चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीको सहभागिता रहनेछ । 


आयोजकका अनुसार करिब रु तीन करोड खर्च लाग्ने उक्त प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु तीन लाख र चौथो हुनेले रु दुई लाख पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाची १८० सिसीको मोटरसाइकल पाउनेछन् । 

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एकजना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउने एकजनालाई अर्जुन खड्का स्मृति सम्मानस्वरुप जनही रु एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता