२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले नेपाली क्रिकेट टिमलाई वधाई दिए (यस्तो छ, बधाइ सन्देश)

२०७४, २ चैत्र शुक्रबार १७:१४

जिम्बावेमा सञ्चालन भएको एक दिवसीय विश्वकप क्रिकेट छनौट खेलमा पाएको सफलताप्रति विशेषतः नेपाली क्रिकेट टोली र समस्त नेपाली क्रिकेट प्रेमी दाजुभाई दिदी बहिनीहरुमा हार्दिक वधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीसँगको खेलमा गरेको उत्कृष्ट प्रदर्शनले नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ र यसले समस्त नेपालीलाई हर्षित तुल्याएको छ । 

हाम्रो राष्ट्रले पाएको यो सफलतापछि अव नेपालले एक दिवसीय र लिष्ट ‘ए’ मान्यता प्राप्त राष्ट्रहरुसँग चार वर्षसम्म क्रिकेटमा प्रतिस्पर्धा गर्न पाउनेछ । नेपाली क्रिकेट टिमको अथक मेहनत, परिश्रम, शीप र उत्कृष्ट प्रदर्शन र त्यसको प्रतिफल स्वरुप नेपालले पाएको यो सफलताप्रति नेपाली टिमलाई पुनः म विशेष धन्यवाद सहित वधाई ज्ञापन गर्दछु । 

यो सफलतापछि नेपालले अवका चार वर्षसम्म विश्व क्रिकेट लिग, एसिया कप र अन्तरमहादेशीय कप लगायतका ठूला प्रतिस्पर्धामा भाग लिन पाउने सुअवसर प्राप्त गरेको छ । लामो प्रयासपछि नेपालले प्राप्त गरेको यससफलतालाई हामीले चार वर्षे मान्यताका रुपमा मात्र होइन गौरवपूर्ण शुरुवातका रुपमा लिएर स्थायी मान्यतामा बदल्न अझै मेहनत गर्नु पर्नेछ । हामीले यस गौरवपूर्ण सफलतालाई स्थायी बनाउने र टेष्ट स्तरीय मान्यताको नयाँ फड्को मार्नु पर्नेछ । 

नेपाली क्रिकेट प्रेमीहरुमा अभूतपूर्व उत्साहका वावजूद हामीसँग क्रिकेट खेलको पूर्वाधार कमजोर छ । ब्यवस्थापन र पूर्वाधार कमजोर हुँदा हुँदै नेपाली क्रिकेट टिमले विगत केहि वर्षदेखि गरेको निरन्तर प्रदर्शनले नेपाललाई क्रिकेटमा सम्भावना भएको देशका रुपमा चिनाउने सफलता प्राप्त गरेको छ । तसर्थ क्रिकेट खेलमा कमजोर पूर्वाधारको अवस्था अन्त्य गर्न सरकारले पहल गर्नेछ । राष्ट्रको प्रतिष्ठा बढाउने सफलता प्राप्त गर्न सफल भएकामा नेपाली क्रिकेट टिमलाई पुनः वधाई तथा शुभकामना ब्यक्त गर्दछु । 

२ चैत, २०७४ केपी शर्मा ओली


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त