८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिपिएल क्रिकेट: महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

१३ चैत्र २०७४, मंगलवार ०९:४४

चैत १३, काठमाडौँ | धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । 

विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनी दायाँ हाते ब्याट्सम्यान विकेटकिपर हुन् । उनले भारतमा दिल्लीबाट रणजी ट्रफीसमेत खेलिसकेका छन् । 

मेहरा अलराउण्डर हुन् । उनी बायाँ हाते स्पिन बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले पनि भारतको दिल्लीबाट रणजी ट्रफी खेलिसकेका छन् । 

महेन्द्रनगर युनाइटेडको कप्तानमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन् । टोलीका अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आशिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेका टिम व्यवस्थापक नीरज चन्दले जानकारी दिनुभयो । टोलीले आइतबारदेखि नै अभ्यास थालिसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता