२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसको घोषणा

१५ चैत्र २०७४, बिहीबार १२:१०

चैत १५, काठमाडौं । पछिल्लो समय विभिन्न ठाउँमा नमुना वस्ती निर्माण गरेर चर्चामा रहेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो ।

फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने खुलाएका छन् । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ ।

धुर्मुसले लेखेका छन् - 

'कुन चाँही पहिला ?

अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।

नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य