२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL-11: सन्दिप लामिछानेको टिमलाई फेरी अर्को झड्का, १० रनले राजस्थानको जित

२०७४, २८ चैत्र बुधबार १९:३७

चैत २९, काठमाडौँ | राजस्थान रोयल्सले बुधवार भएको बर्षाद्वारा प्रभावित म्याचमा दिल्ली डेयरडेविल्सलाई डकवर्थ लुईस पद्धतिको आधारमा १० रनले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले १७.५ ओभरको खेलमा ५ विकेट गुमाई १५३ रन बनाएको थियो | त्यतिबेलासम्म खेलमा राजस्थानले १७.५ ओभरको खेलमा ५ विकेट गुमाई १५३ रन बनाएको थियो । उसका लागि अजिंक्य रहानेले सर्वाधिक ४५ रन बनाए भने उनि पछी सर्वाधिक रन बनाउनेमा सन्जु सेमसनको नाम आयो | उनले ३७ रन जोडेका थिए | तर बर्षाको कारण खेल प्रभावित बनेपछि दिल्लीले ६ ओभरमा ७१ रनको संशोधित लक्ष्य पायो |


त्यस पछी दिल्ली डेयरडेविल्सले ६ ओभरमा ४ विकेट गुमाई ६० रन मात्र बनाउन सक्दा म्याच राजस्थान रोयल्सको हातमा गयो | ६० रन बनाउने क्रममा दिल्ली पहिलो ओभरको सुरुवातमा १ रन मात्र बनाउँदा विकेट गुमाउन पुग्यो | पहिलो विकेटको रुपमा कलिन मुनरो आउट भएका थिए | त्यसपछी ग्लेन म्याक्सवेल र ऋषभ पन्तले केहि राम्रो शट खेलेर आफ्नो टीमलाई जितको आशा गर्ने अवस्थामा पुर्याए, तर राजस्थानको कडा बलिङका कारण दिल्ली दवाबमा पर्यो र लगातार विकेट गिर्न थाल्यो । राजस्थानको लागि उनादकटले २ र लाफ्लिनले १ विकेट लिए । 



दिल्लीका गौतम गंभीरले टस जितेर फिल्ड रोजे 

दिल्ली डेयरडेविल्सका कप्तान गौतम गंभीरले टस जितेर फिल्ड रोजेको थियो | यस अघि हारेको दुवै टिमले आजको खेलमा जित्नु महत्वपूर्ण थियो तर दिल्लीले जित दिलाउन सकेन | दिल्लीले आजको खेलमा दुई बदलाव गरेको थियो | उसले लेग स्पिनर अमित मिश्र र डेनियल क्रिस्टियनलाई टिम बाट बाहिर निकालेर आजको खेल खेलेको थियो, जसको ठाउँमा ग्लेन म्याक्सवेल र शाहबाज नदीम टिममा छिराएको थियो | 

नेपाली खेलाडी सन्दिप लामिछानेलाई टिममा घुसाएको कारण धेरै नेपालीहरु दिल्लीको सपोर्टमा छन् तर लगातार दोश्रो खेलमा हार्दा नेपाली समर्थकहरु दिल्लीसँगै निराश बनेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना