२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीपीएलको उपाधि टिम चौराहा धनगढीलाई

२०७४, ३० चैत्र शुक्रबार १०:५३

चैत ३०, धनगढी । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो ।

धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ रन बनाउँदा चौथो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि काठमाडौं दबावमा परेको थियो । तर, सनिप पटेलले आक्रामक पारी खेले ।

१२ बलमा २२ रन बनाएका उनलाई रोहन मुस्तफाले बोल्ड गरे । त्यसपछि खेल टिम चौराहाको पक्षमा गयो ।

काठमाडौंका अमित श्रेष्ठले ३९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३० र नरेश बुढाएरले १९ रन बनाए ।

पुष्प थापाले १० बलमा १५, रसिद खान २ रनमा आउट हुँदा भुपेन्द्र थापाले खाता नै खोल्न सकेनन् ।

टिम चौराहा धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई, समसद शेख र योगेन्द्र सिंह कार्कीले एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

१२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए ।

धमलाले ६३ बलमा ७८ रन बनाए । ३ छक्का र ८ चौका हानेका उनी अन्तिम ओभरको दोस्रो बलमा सुबोध भाटीको बलमा क्याच आउट भए । रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६० रन बनाए । उनी १८ औँ ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना