२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको टिम कोलकाताद्वारा ७१ रनले पराजित

२०७५, ३ बैशाख सोमबार १८:१९

बैशाख ४, काठमाडौँ | आइपिएल अन्तर्गत सोमबार रातिको खेलमा कोलकाता नाइटराइडर्सद्वारा दिल्ली डेयरडेविल्स ७१ रनले पराजित भएको छ | दिल्ली नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम हो | 

सोमबारको खेलमा ऋषभ पन्तले ४३ रन बनाए | दिल्लीलाई ८६ रनको स्कोर हुँदा चौथो झड्का लागि सकेको थियो | दिल्ली डेयरडेविल्सको पारीको शुरुआत जेसन रोय र गौतम गंभीरले गरेका थिए तर, पहिलो ओभरमा जेसन रोय १ रन बनाएर आउट भए | त्यस्पछि १३ रन जोड्दा श्रेयस अय्यर ४ रन बनाएर आउट भए भने तेश्रो ओवरमा २४ रनको स्कोर जोडेको दिल्लीले कप्तान गौतम गंभीरलाई ८ रन मात्र बनाउन दिएर बोल्ड गर्यो |


पाँचौं ब्याट्सम्यानको रुपमा आएका राहुल तेवतियाले १ रन मात्र बनाएर आउट भए | दिल्लीले ९७ रनको स्कोरमा पाँचौं विकेट गुमायो | म्याक्सवेलले ४७ भन्दा बढी रन जोड्न सकेनन् | ११३ रनको स्कोरमा कुलदीप यादवको बलिङमा म्याक्सवेल समेत आउट भएपछी दिल्ली निरिह बन्यो | 


त्यसपछिका खेलाडीहरु कलकातासँग टिकेर खेल्न सकेनन् |  दिल्लीलाई ११७ रनको स्कोरमा ७ औं झड्का लाग्यो | त्यसपछि दिल्लीको आठौँ विकेट झर्यो | १२८ को स्कोर बनाउँदा दिल्लीले नवौं विकेट गुमायो | अन्त्यमा १ मात्र विकेट बाँकी रहँदा उक्त विकेट ट्रेन्ट बोल्ट, जसले १ रन पनि बनाउन नसकी आउट भएपछी दिल्ली ७१ रनले पराजित बन्न पुग्यो | दिल्लीले १४ ओभरको खेलमै १२९ रनको स्कोर बनाई अल आउट हुन पुग्यो | 


यस अघि ब्याटिङ गरेको कोलकाताका लागि नीतीश रानाले अर्धशतकको अलावा आन्द्रे रसेल र रबिन उथप्पाको मद्धतबाट जोडदार रन जोड्न सफल भयो | उसले निर्धारित २० ओभरको खेलमा २००/९ रन बनाएको थियो | अन्तिम ओभरमा भने दिल्लीले सानदार खेल खेल्यो | अन्तिम ओभरमा दिल्लीका बलर राहुल तेवतिले तीन विकेट लिएर ह्याट्रिक गरे | खेलमा आन्द्रे रसेलले १२ बलमा ४१ रन, जसमा उनले ६ छक्का प्रहार गरेका थिए | त्यस्तै नीतीश राणाले ५९ रन ३५ बलमा हानेका थिए | 

दिल्लीको खेल नेपाली क्रिकेट समर्थकहरुको लागि चासोको  बिषय छ, किनकी उक्त टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछाने पनि अनुबन्धित छन् ।

दिल्लीसँग अनुबन्धित भएका नेपाली सन्दिपले अहिलेसम्म्को चार खेलमै टिम ११ मा परेका छैनन् । तर उनको लागि दिल्लीसँगको अनुबन्ध अनुभवको लागि भए पनि निकै ठूलो मानिएको छ । यस अघि २ खेलमा हार ब्याहोरेको दिल्लीले १ खेलमा जितेको छ भने आजको खेल सहित ३ खेल हार व्यहोर्न पुगेको छ तर आजको खेल दिल्लीका लागि निकै खराब रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना