२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन पटक लगातार हारेको मुंबईद्वारा कोहोलीको टिम ब्यांग्लोर ४६ रनले पराजित

२०७५, ४ बैशाख मंगलवार १८:४६

बैशाख ५, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डीएन्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ४६ रनले पराजित गरेको छ | 

टस जितेर पहिले फिल्डीङ रोजेको ब्यांग्लोरले मुम्बईले दिएको २१४ रनको लक्ष्य पुरा गर्न नसक्दा हार्न पुगेको हो | खेलमा ब्यांग्लोरले पुरा ओभर खेलेपनि १६७ रन मात्र जोड्न सक्यो | उसको लागि कप्तान बिराट कोहलीले नट आउट सर्वाधिक ९२ रन जोडे तर उनको यो स्कोरले ब्यांग्लोरलाई फाइदा जित दिलाउन प्रयाप्त रहेन | अन्तिम ओभरसम्ममा ८ विकेट गुमाएको ब्यांग्लोरका लागि अन्य खेलाडीले १९ रन भन्दा बढी कटाउन सकेनन् | मुंबईको लागि क्रुणाल पाण्डेले ३ विकेट लिए भने जसप्रीत बुमराह र मिशेल म्याक्लेनघनले २/२ विकेट पतन गराए |


यसअघि ब्याटिङ गरेको मुम्बई इन्डीएन्सले सुरुकै ओभरमा लगातार २ विकेट गुमाएको थियो | तर कप्तान रोहित शर्माले ९४ रनको पारि खेले | त्यस्तै उनको अलावा इविन लुइसले अर्धशतकीय पारीको योगदान दिए | मुम्बईका हार्दिक पाण्डेले ५ बलमै १७ रन बनाए | 


खेलमा २० ओभरमा २१३/६ बनाएको मुम्बईको लागि आजको खेल चौथो खेल हो | यस अघि लगातार तीन पटक हारेको मुम्बईले आजको खेलमा आफुलाई अब्बल सावित गरिदिएको छ | आजको खेल जित्दै मुम्बई रनरेटको आधारमा दिल्ली डेयरडेभल्स र रोयल च्यालेन्जर्स ब्यांग्लोर भन्दा माथि उक्लिएको छ | कुल ८ टिम रहेको आइपिएलमा पहिलो स्थानमा सनराईजर्स हैदरावाद छ भने क्रमश कोलकाता नाइट राइडर्स दोश्रो, किंग्स एलाभेन् पन्जाब तेश्रो, चेन्नई सुपर किंग्स चौथो र राजस्थान रोयल्स पाँचौं स्थानमा छ | सनराईजर्स हैदरावाद सहित किंग्स एलाभेन् पन्जाब, चेन्नई सुपर किंग्स चौथो र राजस्थान रोयल्सले ३ खेल खेलेका छन् भने बाँकीले ४ खेल खेलिसकेका छन् | 


आजको खेल जितेर आफ्नो अंक तालिका मजबुत बनाउन चाहेका रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान विराट कोहलीको सपना अधुरो बनेको छ । उल्टो उनको टिमले फराकिलो अंकले हार व्यहोर्नु परेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना