२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

२०७५, ५ बैशाख बुधबार १०:२६

वैशाख ५ काठमाडौँ | रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । 

बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । 

फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । उक्त कार्यक्रमका अवसरमा विश्वभरका बालबालिकाबीच एक अर्काको संस्कृती आदानप्रदान हुनेछ । दुई सय १० देशका यूवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको बताइएको छ । 

यही जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश यूवा फुटबलरका रुपमा भाग लिनेछन् । त्यहाँ ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुने छ । अनमेश यूवा पत्रकारको रुपमा सहभागि हुनेछन् । दुवैजनाले रुसमै हुने ‘फुटबल फर फ्रेन्डशिप अन्तर्राष्ट्रिय बालबालिका फोरम’को छैटौँ संस्करणमा समेत भाग लिनेछन् । उनीहरुले विश्वकपको फुटबलको उद्घाटन कार्यक्रम तथा खेल हेर्न पाउने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना