२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलमा हैदरावादको चमत्कार, मुम्बई इन्डीएन्स घरमै अल आउट !

२०७५, ११ बैशाख मंगलवार १८:५२

वैशाख १२, काठमाडौँ | आईपीएल सिजन ११ अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बईको घरेलु मैदानमा मुम्बईलाई अल आउट गरेर चामत्कारिक खेल पर्दर्शन गरेको छ | 

खेलमा जम्मा ११९ रनको लक्ष्य पाएको मुम्बईलाई हैदरावादले ८७ रन मात्र जोड्न दिएर ३१ रनले पराजित गरेको हो | आइपिएल सिजन ११ मा सबैभन्दा कम स्कोरमा रोकिएको यो नै पहिलो खेल हो | 


मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको खेलमा हैदराबादले जितेको यो पहिलो रेकर्ड हो । २०१३ मा पहिलो पटक आईपीएल खेलेको हैदराबादको टिमले यस मैदानमा यसअघि खेलेको ३ मध्य सबै खेलमा हारको सामना गर्नु परेको थियो । खेलमा ११९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ८७ रन बनाएर अल आउट भयो । 

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले ११८ रन बनाउने क्रममा शिखर धावनले ६ बलमा ५ रन, केन विलिम्सनले २१ बलमा २९ रन, व्रिद्दिमान साहले २ बलमा कुनै रन जोड्न सकेनन् भने मनिष पाण्डेले ११ बलमा १६ रन, सकिव अल हसनले ४ बलमा २ रन, युसुफ पठानले ३३ बलमा २९ रन, मोहम्मद नावीले १० बलमा १४ रन, रसिद खानले ९ बलमा ६ रन, बसिल थम्पीले ६ बलमा ३ रन, सिद्धार्थ काउलले ९ बलमा २ रन र नट आउट रहेका सन्दिप शर्माले १ बलमै बिना रन आउट भएका थिए | यसरी  सनराइजर्स हैदरावादले ८ विकेटको क्षेतिमा ११८ रन मात्र बनाएको थियो । खेलमा हैदरावादको विकेट लिने क्रममा मुम्बईका मिशेल मैक्लेनाघन, हार्दिक पाण्डे र मायांक मर्कंडेले २/२ विकेट लिए भने जसप्रित बुम्राह र मुस्तफिजुर रहमानले १/१ विकेट लिएका थिए ।

तश्विरमा: हैदरावादले दिएको ११९ रनको सस्तो लक्ष्यपछी मुम्बईका समर्थकमा खुसियाली |

मात्र ११९ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्न आएको मुम्बई इन्डीएन्सका लागि सुर्य कुमार यादव र कुर्णाल पाण्डे बाहेक अन्य खेलाडीले ९ रन भन्दा बढी जोड्न सकेनन् । खेलमा सुर्य कुमार यादवले ३४ रन बनाएका थिए भने कुर्णाल पाण्डेले २४ रन बनाएका थिए । खेलमा इसान किसान र मिशेल मैक्लेनाघनले कुनै रन जोड्न सकेनन् । त्यस्तै मयंक मर्कंडे र मुस्तफिजुर रहमानले १/१ रन मात्र जोड्न सके ।  १९ बल खर्चिएका हार्दिक पाण्डेले निकै महँगो खेल खेले उनले जम्मा ३ रन मात्र जोड्न सके । 

मुम्बईलाई अल आउट गर्ने क्रममा हैदरावादका रशिद खानले सर्वाधिक उत्कृष्ट बलिङ गरेका थिए । उनले खेलमा १६ डट बल खेल्दै २ विकेट पनि हात पारे । ४ ओभरको खेलमा उनले ११ रन मात्र दिएका थिए । त्यस्तै मुम्बईको ३ विकेट सिद्धार्थ कोउलले लिए । त्यस्तै बसिल थम्पीले २ विकेट लिए भने सकिव अल हसन, मोहम्मद नावी र सन्दिप शर्माले १/१ विकेट लिएका थिए । 

माथिको तश्विरमा: खेलमा विकेट लिएपछि खुसि हुँदै हैदरावादका बलर रशिद खान | उनि खेलमा म्यान अफ द म्याच घोषित भए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त