८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएलको २४ औं खेलसम्ममा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

१३ बैशाख २०७५, बिहीबार ०३:२९

वैशाख १, काठमाडौँ | भारतको सर्वाधिक लोकप्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइपिएलमा बुधबार रातिसम्ममा २४ खेल सम्पन्न भएका छन् | सबै टिमले समान ६/६ खेल खेल्दै आफ्नो स्कोर जम्मा गर्ने क्रममा चेन्नई सुपर किंग्स सबैभन्दा शिर्ष स्थानमा पुग्न सफल भएको छ | बुधबारको खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई पराजित गर्दै चेन्नई टुर्नामेन्टको शिर्ष स्थानमा पुगेको हो |


खेलमा समान ५/५ खेल जितेका चेन्नई सुपर किंग्स र किंग्स इलाभेन पंजाव बीच कडा टक्कर देखिएको छ, समान १०/१० प्वाईन्ट जोडेका चेन्नई र पन्जावभन्दा पछाडी सनराइजर्स हैदरावादले ४ खेल जितेर ८ प्वान्ट्स बनाएको छ | 

त्यस्तै चौथो स्थानमा कोलकाता नाइटराइडर्स छ, उसले ६ खेलमा ३ खेल जितेको छ | त्यस्तै ३ खेलमै जितेर पाँचौं स्थानमा रहेको राजस्थान रोयल्स पछी छैटौं स्थानमा रोयल च्यालेन्जर्स ब्यांग्लोर छ | उसले ६ मध्ये २ खेल जितेको छ | त्यस्तै खेलमा समान १/१ खेल जित्दै मुम्बई इन्डीएन्स सातौँ स्थानमा छ भने अन्तिम स्थानमा दिल्ली डेयरडेभिल्स छ | 


उत्कृष्ट ब्याट्सम्यानहरु:-  

आइपीएलमा अहिलेसम्म बेस्ट ब्याट्सम्यान अन्तर्गत अरेन्ज क्यापको दावेदार अम्वती रायडू (२८3 रन) छन् भने सर्वाधिक छक्का प्रहार गर्नेमा रोयल च्यालेन्जर्स ब्यांग्लोरका एवी डेविलियार्सको नाम छ | त्यस्तै खेलमा सर्वाधिक रन स्कोर (१०६ रन) जोड्नेमा चेन्नईका वाट्सनको नाम छ | त्यस्तै उत्कृष्ट स्ट्राइक रेट आन्द्रे रुसेल र सर्वाधिक चौका प्रहार गार्नेमा लोकेस राहुल छन् |  उनलाई कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले १०३ रन ल्याई पछ्याईरहेका छन् भने तेश्रो स्थानमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले १०१ रन पाएका छन् | 


उत्कृष्ट बलरहरु:- 

आइपीएलमा बलर अन्तर्गत पर्पल क्यापको दावेदारीमा सर्वाधिक विकेट लिनेमा मायाँक मर्कंडेले १० विकेटको रेकर्ड राखेका छन् | त्यस्तै बेस्ट बलिङ फिगर अन्तर्गत पनि मायाँक मर्कंडेको नाम छ, त्यस्तै बेस्ट बलिङ एभरेज अन्तरगत नितिश रैनाको नाम छ भने बेस्ट इकोनोमीमा लियम प्लुन्केटको नाम छ | त्यस्तै खेलका हालसम्म ६२ डट बल खेलेर उमेश यादव सबैभन्दा अगाडी छन् | उमेश यादवले सनराइजर्स हैदरावादका बलर रसिद खानलाई जम्मा १ डट्स बलले पछाडी पारेका हुन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता