२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीका कप्तानले छाडे कप्तानी र २.८ करोड तलब, आजको खेलमा सन्दिप अट्लान ?

२०७५, १३ बैशाख बिहीबार १९:४६

वैशाख १४, काठमाडौँ | गौतम गम्भीरले आईपीएलको एक टीम दिल्ली डेयरडेभिल्सका कप्तानी छाडेका छन् । यस अघिका ६ खेल मध्ये ५ वटा खेल हारेपछि आलोचित भएका गम्भीरले कप्तानी छाड्ने निर्णय लिएका हुन् । 

आज बेलुका दिल्लीले कोलकाता नाइटराइडर्ससँग खेल्दैछ । यस अघि ७१ रनले कोलकाता सँग हारेको दिल्लीले आजको खेलमा बदला लिने मानसिकता बनाएको छ । यस अघिको कप्तान गौतम गम्भीरले पछी हटेपछी दिल्लीको कप्तानीको जिम्मेवारी श्रेयस ऐयरले पाएका छन् । अब आइपीएलका बाँकी खेल दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ ।

खेलबाट कप्तानीको जिम्मेवारीबाट पछी हट्दै गम्भीरले भनेका छन् – ‘टिमको कमजोर अवस्थाको म जिम्मेवारी लिन्छु । मैले कप्तानी छोड्ने निर्णय गरेको छु । ऐयरले मेरो भूमिका निभाउने छन् । मलाई विश्वास छ हामीले अगाडि राम्रो गर्ने छौँ’ दिल्लीमा पत्रकार सम्मेलन गर्दै गम्भीरले भनेका छन्, ‘यो पूर्ण रुपमा मेरो व्यक्तिगत निर्णय हो ।

खेलमा आत्मालोचना गर्दै गौतम गम्भीरले आफ्नो पुरै तलब २.८ करोड नलिने फैसला समेत गरेका छन् । आईपीएलको इतिहासमा यो पहिलो अवसर हो जसमा कुनै कप्तानले राम्रो प्रदर्शन नगरेपछि पुरै तलब छाडेको छ । तर कप्तानी छाडेपनि गम्भीरलके टीम भने छाडेका छैनन् । गंभीरले आईपीएलको यस सीजनको पहिलो खेलमा ५५ रन बनाएका थिए । तर त्यसपछिको सबै खेलमा असफल रहे ।

गंभीरले २०११ मा कोलकाता नाइटराइडर्सको कप्तानी सम्हालेका थिए । उनले लगातार ७ बर्षसम्म कोलकाताको कप्तान सम्हाले । उनको अगुआईमा कोलकाता २ पटकसम्म फाइनलमा पुगेको थियो र दुवै पटक जित हाँसिल गरेको थियो । त्यसपछि उनले दिल्लीको टिमसँग खेल्ने इच्छा प्रकट गरेका थिए । गम्भीरले ७ बर्षसम्म कोलकाताको कप्तानी सम्हालेको भएपनि उनि दिल्लीका हुन् । 

खेलमा गम्भीरले कप्तानी छाडेपछी अबका कप्तान श्रेयस अय्यरले भने "कप्तानीको जिम्मेवारी सुम्पिएकोमा टीम म्यानेजमेन्ट र कोचलाई धन्यवाद । यो मेरो लागि ठूलो सम्मानको कुरा हो ।"

श्रेयसले भने, "मलाई चुनौतिहरु मन पर्छ । आफैलाई साबित गर्न मेरो लागि यो ठूलो मौका हो । म टीमलाई आफ्नो भरसक अधिकतम स्तरसम्म लाने कोशिश गर्नेछु ।" (तलको तश्विरमा ब्याटिङ गर्दै दिल्लीका नयाँ कप्तान श्रेयस)


आइपिएल २०१८ मा ६ म्याचखेलेपछि दिल्ली डेयरडेविल्स सबैभन्दा तल्लो स्थानमा छ, तर कोच रिकीले दिल्लीले अबको खेलमा आफ्नो प्वाइन्ट सुधार्ने भरोसा व्यक्त गरेका छन् । उनले भने "अझै ८ म्याच खेल्न बाँकी छ । जस मध्ये ६ म्याच घरेलू मैदानमा हुँदैछ । हाम्रो सबै खेलाडी एकसाथ राम्रो प्रदर्शन गर्न सकीरहेका छैनन् । यदि हामी अहिलेसम्मको कमजोरीलाई सुधार्न सक्यौं भने हामी बेस्ट छौं ।"

सन्दिप लामिछानेले खेल्ने आशा 

नेपालका राष्ट्रिय खेलाडी सन्दीप लामिछाने यतिखेर दिल्लीको टिममा छन् । तर दिल्लीले ६ म्याच खेलीसक्दा सन्दिप प्लेयर ११मा पर्न सकेका छैनन् । यस अघि गौतम गम्भीरले सन्दिपलाई भरोशा नगरेको भन्दै नेपाली तथा भारतकै कतिपयले प्रतिक्रिया दिएको अवस्थामा अब २३ बर्षीय कप्तानले सन्दिपलाई खेलाउने आशा गरिएको छ । 

नेपाली समर्थकहरुले दिल्लीले एकपटक भएपनि सन्दिपलाई खेलमा अवसर दिनुपर्ने भन्दै सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै गर्दा भारतमा दिल्लीका समर्थकहरुले समेत बिदेशी खेलाडीलाई अवसर दिनुपर्ने बताउँदै आएका छन् । दिल्लीको खेलमा फिल्डीङ कमजोर भएको भन्दै आलोचना पनि हुँदै आएको छ । यस अघि कोलकातासँग ७१ रनले पराजित भएपछी दिल्लीलाई फिल्डीङमा कमजोर भनिएको छ । यदी दिल्लीले आज कोलकातासँगको खेलमा आफूलाई यस अघिकै जस्तो कमजोर नबनाउन फिल्डीङलाई बलियो बनाउन केहि खेलाडी परिवर्तन गर्न सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना